Incident Reports

न्याय माग्दा कुटाई

2020-02-21

Province 1, Jhapa, Jhapa, Ward 2

निवेदन बोकेर न्यायका लागि प्रहरी कार्यालय गएका स्थानीयमाथि प्रहरीकै इञ्चार्जले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

झापा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायव निरीक्षक (सई) मानबहादुर जिम्बा (तामाङ)ले स्थानीय झापा गाउँपालिका–२ सृजनाबस्ती बस्ने रामदेव राजवंशीलाई अश्लील शब्द प्रयोग गर्दै कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका हुन् । 

शुक्रवारसाँझ निवेदन बोकेर न्याय माग्न गएका रामदेवलाई सई जिम्बाले मादक पदार्थ सेवन गरी प्रहरी कार्यालयभित्र गालामा र हातमा हिर्काएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीको दाबी छ । 

‘गाउँमा कुटपिटको घटना भएपछि पीडित पक्षको तर्फबाट न्यायका लागि निवेदन दर्ता गराउन इलाका प्रहरी कार्यालय कुमरखोद गएका थियौं’– प्रहरीको कुटाइबाट पीडित भएका रामदेव पूर्वाञ्चलकर्मीलाई भने– प्रहरी कार्यालयमा जाँदा सई साब प्रहरी पोशाकमै केही व्यक्तिसँग खानपिनमा व्यस्त हुनुहुन्थ्यो, मैले कुटपिट भएको विषयमा निवेदन दर्ता गराउन आएको भन्दा सई साबमै माथि जाइलाग्नुभयो । मादक पदार्थ सेवन गरेका जिम्बाले अहिले निवेदन दर्ता हुँदैन भन्दै मेरो गालामा एक थप्पड हिर्काउनुभयो, त्यसपछि कुर्सी उठाएर हातमा हिर्काउनुभयो’– पीडितले भने । 

प्रहरीकै इञ्चार्जले न्याय खोज्ने व्यक्तिमाथि हातपात गरेपछि स्थानीयले शुक्रवार साँझ प्रहरी कार्यालय नै घेराउ गर्दै प्रहरीको हर्कतको भत्र्सना गरेको स्थानीय चमन राजवंशीले बताए । ‘न्यायका लागि प्रहरी कार्यालय जाँदा प्रहरी इञ्चार्जले उल्टै पीडित पक्षका व्यक्तिमाथि हातपात गर्नुले अब स्थानीय न्यायका लागि कहाँ जाने त ?’– उनले भने । ‘सई साबले हातपात गरेको सबै समक्ष स्वीकार गरिसकेकोले उनलाई कारबाही हुनुपर्छ, नत्र यहाँका स्थानीयले कहिल्यै न्याय पाउँदैनन्’– उनले थपे । ठूला तथा सीमा अवैध व्यापार गर्ने व्यक्तिसँग मात्र संगत गर्दै आइरहेको सई साबले गरीब जनताको मर्म र पीडा अनुसार काम नगरेको उनको भनाइ छ । 

यता सई मानबहादुरले पूर्वाञ्चलकर्मीसँग फोनमा कुरा गर्दै आफूले गाउँमा कुटपिट भएको घटनाको विषयमा शुक्रवार नै निवेदन दर्ता गराइसकेको र कसैलाई कुटपिट नगरेको दाबी गरेका छन् । शुक्रवार बेलुका रामदेव राजवंशी र पुष्पत रायमाझी प्रहरी कार्यालय आएको बताउँदै उनले भने– उनीहरूलाई सम्झाएर पठाएको हो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Jhapa

0 Comments