Incident Reports

भरुवा बन्दुकसहित परियार पक्राउ

2020-01-18

Gandaki, Kaski, Madi, Ward 3

अवैध भरुवा बन्दुक सहित कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पोखरा-१०,जनप्रिय टोल घर भई हाल पोखरा-१३ पाटनबेंसी बस्ने ३५ वर्षीय चित्रबहादुर दमाईलाई प्रहरीले पक्राउ गरेको हो।

कास्की मादीगाउँपालिका-३ दमैटोलमा अबैध रुपमा भरुवा बन्दुक साथमा लिई हिंडेको अवस्थामा कास्की प्रहरीले उनलाई विहीवार पक्राउ गरेको हो।

लाइसेन्स नभएको एकनाले भरुवा बन्दुक उनको साथबाट प्रहरीले बरामद गरेको छ।

बन्दुकसहित दमाई नियन्त्रणमा लिइएको र उनीमाथि थप अनुसन्धान अगाडि बढाएको छ।

Local Newspaper - Kaski

0 Comments