Incident Reports

२२ राउन्ड गोलीसहित जीतु पक्राउ

2020-01-27

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा विमानस्थलबाट २९ राउन्ड गोलीसहित पोखरा २७ रिठेपानीका जीतु शाही पक्राउ परेका छन् । २२ बोर राइफलमा प्रयोग हुने गोली झोलामा बोकी यति एयरको उडानद्वारा काठमाडांै जान लागेका जीतु आइतबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

४० वर्षीय जीतुले लाइसेन्स भएको कारण आफूले गोली बोकेको प्रहरीलाई बयान दिएका छन् । लाइसेन्स भएता पनि संवेदनशील भएको कारण विमानस्थलमा हात हतियारका सामान लैजान नपाइने केसीले बताए ।

National/Online Media , Local Newspaper - Kaski

0 Comments