Incident Reports

धुलोले बस्नै नसक्ने अवस्था आएपछि स्थानीयले गरे सडक अवरुद्ध

2020-03-19

Province 1, Jhapa, Bhadrapur

 हुलाकी सडक अन्र्तगत लिङ्क रोडका रूपमा रहेको निर्माणाधीन चारआली—केचना सडक चन्द्रगढी खण्डको वीपी चौक क्षेत्रमा स्थानीयले सडक अवरोध गरेका छन् । भद्रपुर १० स्थित धनुषमोड चोकबाट लेखनाथ चोकसम्मको करिब ७ सय मिटर सडकको दुवैतर्फ बार लगाएर सडक अवरोध गरेका हुन् ।

ग्राभेल सडकमा टिपर आतङ्कका कारण सडक छेउका घरहरुमा धुलोले बस्नै नसक्ने अवस्था आएपछि सडक अवरुद्ध गर्नु परेको स्थानीय केदारबहादुर अधिकारीले बताए । ठेकेदारले ग्राभेलसम्म विछ्याउने काम लिएकोले कुन निकायले यसको व्यवस्थापन गर्नेमा अन्यौलता देखिएको उनको भनाई छ ।

टिपरलाई अवरोध गरेका कारण अन्य सवारी साधन पनि मारमा परेका छन् । सडक निर्माण ठेकेदारले काममा ढिलासुस्ती गरेको, भएको काम पनि गुणस्तरहीन रहेको, सडकमा परेका खाल्डाखुल्डीले यात्रामा जोखिम बढाएको, सडक निर्माण कम्पनीले सडक लथालिङ्ग बनाएर वेवास्ता गर्दा जनस्वास्थ्यमा नकारात्मक असर परेको जस्ता आरोप स्थानीयले लगाएका छन् । विहीबार विहान देखि उनीहरुले सडक अवरोध गर्दै आएका छन् । ठेकेदारको लापारबाहीका कारण पीडित बन्नु परेको उनीहरुको आरोप छ ।

पटक पटक स्थानीयले सडक निर्माण तीव्र पार्न दवाव दिँदै आए पनि निर्माण ठेकेदारले वेवास्ता गरेपछि बाध्य भएर सडक बन्द गर्नु परेको उनीहरुको भनाई छ । ‘जुन जोगी आए पनि कानै चिरेको भन्दै स्थानीय बलबहादुर गुरुङ्ले आक्रोस पोखे । निर्वाचन जितेर ठूला मान्छे भैहाले अव जनताको के काम ।’–उनले भने । स्थानीय सरकारको लापारबाहीका कारण धुलो खाएर वस्नु परेको उनले सुनाए । सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले गरेको कामको गुणस्तर अनुगमन गर्ने जिम्मेवारी पाएको हुलाकी सडक परियोजनाका प्राविधिकको वेवास्ताका कारण समस्या बल्झिएको छ । सडकको किनारमा वनेका नालामा निर्माण सामाग्री छिरेका कारण नाला पुरै बन्द भएका छन् ।

बर्षायाम अगावै नाला सफा नगरेमा झनै समस्या आउने गुरुङको भनाई छ । सडकको अवस्थाका बारेमा स्थानीय राजनीतिक दल, सामाजिक अगुवालगायत सरकारी निकाय मौन देखिए पछि स्थानीय नै सडक अवरोधमा लागेका छन् । ठेकेदार र स्थानीयबिच विहीबार एक प्रकारको सहमति भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीका असइ जनक तिम्सिनाले बताए । धुलो उडेका कारण बन्द गरिनु सामान्य भएको उनको भनाई छ ।

निर्माण गुणस्तर तथा नियन्त्रण गर्ने हुलाकी सडक परियोजनाका इञ्जिनियरले कामको गुणस्तरियता र ढिलासुस्ती रोक्न सकिरहेको छैन । याक्थुम्बा निर्माण सेवाले ठेक्का लिएको सो सडक खण्डमा ४ वर्षे अवधिमा निर्माण कार्य गुणस्तरहीनसँगै सुस्त गतिमा अगाडि बढिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments