Incident Reports

पीएनका आंशिक प्राध्यापक आन्दोलित, विद्यार्थीको पढाइ प्रभावित

2020-01-27

Gandaki, Kaski, Pokhara Lekhnath

पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन) का आंशिक प्राध्यापक विभिन्न मागसहित आन्दोलनमा उत्रिएका छन् । उनीहरुको आन्दोलनको कारण सयौं विद्यार्थीको पढाइ अबरुद्ध हुन पुगेको छ।

नेपाल आशिक प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस इकाइले आफ्नो माग सम्बोधनका लागि दबाब दिन मंसिर २९ देखि चरणबद्ध आन्दोलन गर्दैआएको थियो।

माग सम्बोधन नभएपछि राजीनामाको चेतावनी दिदै आंशिक प्राध्यापकले दुई दिनयता कक्षा बहिस्कार गरेरै निरन्तर क्याम्पस प्रशासन अगाडि धर्ना दिएका छन्।

इकाइ अध्यक्ष सुनील गौतमले सामान्य तल्लोस्तरको श्रमको मूल्य पनि नदिई प्राध्यापन पेशामा लगाइएपछि समान कामको, समान ज्याला माग्दै आन्दोलन गर्न बाध्य भएको बताए । उनले आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलन फिर्ता नहुने स्पष्ट पारे।

यस्तै, इकाइकै उपाध्यक्ष प्रकाशचन्द्र रेग्मी १३ वर्षदेखि आंशिक प्राध्यापन गर्दै आएका छन् । उनी क्याम्पसमा विज्ञान संकायअन्तर्गत भौतिक शास्त्र पढाउँछन् । रेग्मीले भने, 'विगतमा पनि आन्दोलन भएको हो । तर, यस सम्बन्धमा कार्यदल गठन गरी गर्ने सहमतिबमोजिम आन्दोलन स्थगित हुने गरेको थियो । प्रतिवेदन सार्वजनिक नगर्ने र हामीहरुलाई सधैं भुलभुलैयामा राख्ने गरेकोले यसपालि कडारुपमा प्रस्तुत भएका छौं।' आफूहरुको प्रमुख माग भनेको रिक्त दरबन्दी करार स्वीकृतिमा ल्याउने र बाँकीलाई मासिक तलब दिने लिखित रुपमा सम्बोधन आए तत्काल आफूहरु आन्दोलन रोकेर कक्षाकोठामा जान सक्ने रेग्मीले बताए।

पोखराकै जेठो तथा ठूलो क्याम्पस पृथ्वीनारायणमा पूर्णकालीन र आंशिक गरी कुल ५ सय ४९ जना प्राध्यापक छन् । तीमध्ये २ सय १८ जना आंशिक छन् । कक्षा बहिस्कार गरेका आंशिक प्राध्यापकले सोमबारदेखि बिहानी सत्रमा बिहान ६ देखि साढे ९ बजेसम्म र दिवासत्रमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म प्रशासनमा धर्ना दिने गरेका छन् । उनीहरुले यसअघि क्याम्पस प्रमुखको कार्यकक्ष तथा सहायक क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरेका थिए। क्याम्पसले नियमित कक्षा सञ्चालन भैरहेको र कोर्स नसकिएको अवस्थामा समेत कक्षा बन्दको सूचना जारी गरी पठनपाठन भएको दिनकोसमेत तलब नदिने गरेको आंशिक प्राध्यापकको गुनासो छ। क्याम्पस प्रमुख प्राडा चन्द्रबहादुर थापाले

आंशिकको समस्या विशेषखालको भएको बताउँछन् । उनले भने, 'यो समस्या विकराल समस्या हो तर पनि समाधान मसँगै छैन। त्रिविले यो विषयमा चासो दिँदैन । स्नातक कोर्ष २ वर्षेबाट ४ वर्षे बन्यो । स्तानकोत्तरको कक्षा सेमेस्टरमा छ, जसका कारण बढी प्राध्यापक आवश्यक छ तर माथि बस्नेहरुले समस्या बुझेका छैनन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Strike/Bandh
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Kaski

0 Comments