Incident Reports

झाडीमा फेला पर्‍यो कटुवा पेस्तोल

2020-03-19

Madhes, Parsa, Pakahamainpur, Ward 1

पर्साको पकहामैनपुर गाउँपालिका–१ धोरेबाट सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ । सशस्त्र प्रहरी बेस क्याम्प पकहा मैनपुरले धोरेको दक्षिणतर्फ रहेको झाडीबाट पेस्तोल बरामद गरेको हो ।

झाडीमा लुकाएर राखेको अवस्थामा चैत ४ गते सशस्त्र प्रहरी निरीक्षक सुमन रानाभाट नेतृत्वको टोलीले कटुवा पेस्तोल बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवरले जानकारी दिए । बरामद गरिएको पेस्तोल आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

पेस्तोल किन, कसले र कुन उद्देश्यका लागि राखिएको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

National/Online Media

0 Comments