Incident Reports

गाउँको बिचमा क्वारेन्टाइन सेन्टर बनाउन थालेको भन्दै विरोध प्रदर्शन

2020-04-01

Lumbini, Dang, Lamahi, Ward 3

दाङ – गाउँको बिचमा रहेको विद्यालयमा कोरोना भाइरसका संभावित संक्रमितलाई राख्नका लागि क्वारेन्टाइन सेन्टर बनाउने निर्णयको विरोध भएको छ ।

दाङको लमही नगरपालिकाले वडा नं. ३ स्थित बालजनता माध्यामिक विद्यालयमा कोरोना भाइरसको संक्रमण फैलन नदिन क्वारेन्टाइन सेन्टर बनाउने निर्णय गरेको थियो । तर, गाउँलेहरुले क्वारेन्टाइन बनाउन नदिने भन्दै गाउँबाट निस्केर विरोध प्रदर्शन गरेका छन् ।गाउँको बिचमा क्वारेन्टाइन सेन्टर बनाउन थालेको भन्दै विरोध प्रदर्शन।

लमही नगरपालिकाले दुई ठाउँमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो । देउखुरी बुहुमुखी क्याम्पस र बालजनता माध्यमिक विद्यालयमा क्वारेन्टाइन बनाउन थालेको हो ।

‘क्वारेन्टान बनाउन हुँदैन भनेर गाउँलेहरुले विरोध गरेको थाहा भयो’, लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले भने, ‘क्वारेन्टाइनलाई व्यवस्थीत गर्ने जिम्मेवारी सरकारको हो । गाउँलेसँग छलफल गर्छौँ ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Quarantine Management
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments