Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2020-04-02

Bagmati, Makawanpur, Kailash, Ward 8

 मकवानपुर, २० चैत     कैलाश गाउँपालिका-८ आँखेटार बस्ने ३० वर्षीय टोकन भन्ने रुद्र बहादुर मोक्तानलाई  भरुवा बन्दुक ३ थान, फलामको  बेरिङ् २ थान र लाम्चो फलाम १ थान सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।     सोही ठाउँ बस्ने ३० वर्षीय लाल बहादुर मोक्तानलाई चैत ७ गते गोली प्रहार गरी घाइते बनाई फरार रहेका मोक्तान उनकै गाईगोठमा लुकिछिपी बसेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरीले उक्त हतियार सहित उनलाई पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments