Incident Reports

आंशिक प्राध्यापकद्वारा क्याम्पस प्रमुख कक्षमा तालाबन्दी

2020-02-02

Madhes, Saptari, Rajbiraj

सम्पूर्ण आंशिक प्राध्यापकलाई करार गर्न माग गर्दै नेपाल आंशिक प्राध्यापक संघ मविव क्याम्पस इकाई समिति राजविराजले आइतबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालबन्दी गरेको छ।

विगत लामो समयदेखी विभिन्न आन्दोलनका कार्यक्रमलाई अझ सशक्त रुपमा अगाडी बढाउने निर्णय अनुसार दबाब स्वरुप सो तालाबन्दी गरिएको नेपाल आंशिक प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिका अध्यक्ष रणधीर कुमार कर्णले जनाएका छन्।

उनले महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसले पुस २७ गते गरेको विज्ञापन रद्द गर्न मांग समेत गरे। अध्यक्ष कर्णले विगत १५ वर्षदेखी कार्यरत आंशिक शिक्षकहरुको बौद्धिक शोषण, आर्थिक शोषण र मानसिक शोषण पश्चात् पनि क्याम्पस प्रशासनले करारको ठोस प्रक्रिया अगाडी नबढाएकोमा गम्भिर आपत्ति प्रकट गरे ।

आन्दोलनका कार्यक्रम अनुसारनै माघ १० गते क्याम्पस प्रमुखलाई जानकारी पत्र बुझाएको र माघ १९ गते क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरिएको उनले जानकारी दिदै माघ २० गतेदेखी कक्षा बहिष्कार र २३ गते धर्ना कार्यक्रम गर्ने बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Saptari

0 Comments