Incident Reports

भरुवा बन्दुक बरामद

2020-04-08

Lumbini, Kapilbastu, Buddhabhumi, Ward 3

कपिलवस्तु, २६ चैत   

बुद्धभूमि नगरपालिका-३ टाकु बक्टापुरस्थित कपिलबस्तु र अर्घाखाँचीको सिमानामा पर्ने जनजागृति सामुदायिक बनबाट भरुवा बन्दुक ४ थान र जनावरलाई पासो थाप्ने नाईलनको जाली ७ थान मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा बन्दुक पड्केको आवाज आएपछि ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त बन्दुक तथा जाली फेला पारी बरामद गरेको हो । शिकार गर्न आएका ब्यक्तिहरुले उक्त हतियार छोडी भागेको आशंकामा उनीहरुको प्रहरीले खोजी गरिरहेको छ । 

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments