Incident Reports

गाली–गलौज तथा कुटपिट घटनाका आरोतिपलाई कारवाही गर्न माग

2020-04-09

Madhes, Saptari, Kanchanrup, Ward 3

कञ्चनरुप नपा–३ स्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरैत टोलका प्रधानाध्यापक कृष्णा यादव र वडा नम्बर ३ का अध्यक्ष सत्यनारायण साहमाथि चैत २६ गते गाली–गलौज र कुटपिट गर्ने सोही ठाउँका जयकुमार बनरैत यादव र हरिनारायण बनरैत यादवमाथि कारवाही गर्न विद्यालयले माग गरेको छ ।

विद्यालयमा क्वाइरेन्टाइन राख्न लागेकोमा विरोध गर्दै चैत २६ गते साँझ विवाद गर्दै जयकुमारले प्रधानाध्यापक यादवमाथि कुटपिट गरेको र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हरिनारायणले गाली–गलौज गरेकोमा विद्यालयले विज्ञप्तिमा जारी गर्दै कारवाहीको माग गरेको छ । विद्यालयका प्रअ यादवले घटनामा संलग्न आरोपितलाई कारवाही गर्न माग गर्नुभएको छ ।

राजस्थानबाट आउनु भएकी कञ्चनरुप नगरपालिका–३ की एक महिलाको स्वाब रिपोर्ट नेगेटिभ आएपछि पुनः कञ्चनरुप नगरपालिका–११ सिमरास्थित आधारभूत विद्यालयको क्वारेन्टाइनमा फर्काइए पछि सिमराका स्थानीयवासीले वडा नम्बर ३ की महिलालाई वडा नम्बर ११ को क्वारेन्टाइनमा राख्न नपाइने भन्दै विवाद गरेका थिए । विवाद भएपछि वडा नम्बर ३ का वडा अध्यक्ष सत्यनारायण साह, ईलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्रकुमार मिश्र, स्वास्थ्य चौकी प्रमुख, प्रअ यादवसहितको टोलीले मा.वि. बनरैत टोलमा क्वारेन्टाइन राख्ने निर्णय भएको र हरिनारायण तथा जयनारायणले कुनै पनि हालतमा विद्यालयमा क्वारेन्टाइन राख्न नदिने अडान लिँदै प्रअ यादवसहित जनप्रतिनिधिलाई समेत गाली–गलौज गरेको प्रत्यक्षदर्शीले बताउनु भयो ।

ईलाका प्रहरी कार्यालय कञ्चनरुपले सशस्त्र प्रहरी बल बरमझियाबाट थप मद्दत मगाएपछि मात्रै दुई जनालाई क्वारेन्टाइमा राखिएको थियो । वडाअध्यक्ष साहले विद्यालय प्रअ यादवमाथि भएको घटनाको दोषीमाथि कारवाहीको लागि पहल गर्ने बताउनु भयो । सरकारले सबै वडामा क्वारेन्टाइन राख्न भने पनि केही अबुझ स्थानीयवासीहरूले अनावश्यक विवाद सिर्जना गरेर प्रअ यादव र आफूमाथि दुर्व्यवहार गरेको वडा अध्यक्ष साहले आरोप लगाउनु भयो ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Secondary Cause Quarantine Management
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
Female Injured 00
INSEC

0 Comments