Incident Reports

नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्दा सिरहाको सीमा क्षेत्रमा झडप

2020-04-13

Madhes, Siraha, Siraha, Ward 19

सिरहा– सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्ने क्रममा सप्तरीको नेपाल भारत सीमा क्षेत्रमा झडप भएको छ ।

झडपका क्रममा सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलका एक जवान घाइते भएका छन् ।

सिरहा नगरपालिका–१९ सोहर्वास्थित नाकाबाट सोमबार बिहान १ जना भारतीय नागरिक हातमा ल्याक्टोजिन दूध बोकेर नेपाल प्रवेश गर्न खोजेका थिए । सशस्त्र प्रहरीले उनलाई नेपाल प्रवेश गर्न नदिइ भारततर्फ फिर्ता पठाएको थियो ।

उनी फिर्ता भएको केही समयमै करिब २० जनाको समूहमा आएका भारतीय नागरिकले सीमा क्षेत्रबाट २ मिटर नेपालतर्फ प्रवेश गरी सुरक्षाकर्मीको टोलीमाथि ढुङ्गामुडा प्रहार गरेका थिए ।

भारतीय नागरिकले प्रहार गरेको ढुङ्गामुडाबाट सीमा सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरी बलका जवान राजनकुमार चौधरी घाइते भएका सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रविण कँडेलले जानकारी दिए ।

एसपी कँडेलका अनुसार सुरक्षाकर्मीमाथि ढुङ्गामुडा प्रहार गर्ने एक भारतीयलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका भारतीय नागरिकमा भारत महुलिया घर भएका मोहनकुमार यादव छन् । उनी भारतीय सीमा सुरक्षा बल ६७२ बटालियमा कार्यरत रहेका खुलेको एसपी कँडेलले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 30
Actor 1 - Affiliations APF
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Sunsari , Local Newspaper - Kaski

0 Comments