Incident Reports

राममणिको प्रशासनमा पनि तालाबन्दी

2020-03-19

Lumbini, Rupandehi, Tillotama

 विभिन्न २१ बुंदे शैक्षिक माग राख्दै आन्दोलनमा उत्रिएको अनेरास्ववियु राममणि बहुमुखी क्याम्पसले बिहीबार क्याम्पसको प्रशासनमा पनि तालाबन्दी गरेको छ। क्याम्पस प्रमुखको कार्यकक्ष र लेखाशाखामा तालाबन्दी गरेको अखिलले माग पूरा नभएको भन्दै बिहीबार प्रशासनमा पनि तालाबन्दी गरेको हो । प्रशासनमा तालाबन्दीपछि क्याम्पसको प्रशासनिक कामकाज प्रभावित भएको छ। बारम्बार आग्रह गर्दा पनि माग पूरा नभएपछि बाध्य भएर प्रशासनमा पनि तालाबन्दी गर्नु परेको संगठनका अध्यक्ष सागर न्यौपानेले बताए । आफूहरूका माग पूरा नभएसम्म तालाबन्दी जारी रहने पनि उनले बताए । संगठनका अर्का अध्यक्ष योगेश पराजुलीले वृद्धि गरिएको भर्ना र मासिक शुल्क फिर्ता गरी नयाँ शुल्क निर्धारण गर्न, भवन निर्माणको टेन्डर अन्तिम समयमा रद्द गरिएकाले तत्काल निर्माण कार्यलाई अगाडि बढाउन, इ-लाईब्रेरीको समुचित व्यवस्थापन गरी प्रभावकारिता बढाउन माग गरिएकोमा प्रशासनले बेवास्ता गरेको बताए।

त्यस्तै अनेरास्ववियुले लाईब्रेरीबाट सबै विषयका किताब उपलब्ध गराउन, पुराना संस्करणका किताबहटाई नयाँ संस्करणका किताब राख्न, स्टडी जोनका लागि तत्काल जग्गा उपलब्ध गराउन, अतिरिक्त प्रतिभा भएका विद्यार्थीहरूका लागि फरक-फरक विधाका शिक्षक राख्न, प्रयाप्त मात्रामा खेल सामग्री उपलब्ध गराउन पनि माग गरेको छ।

त्यस्तै अनेरास्ववियुले यातायात शुल्क घटाउन, रोकिएको बीबीएस अंग्रेजी माध्यमको भर्ना सुचारू गर्न, क्यान्टिन सर्वशुलभ र व्यवस्थित गर्न, शौचालयको नियमित सरसफाइ र मरम्मत गर्न, सबै तलामा जाडोमा तातो पानी र गर्मीमा चिसो पानीको व्यवस्था गर्न, गुणस्तरीय शिक्षक राख्न, शिक्षकहरूको अनुशासनमा ध्यान दिन, प्राथमिक उपचारसँगै

औषधि समेत उपलब्ध गराउन र क्यूएए प्राप्तिका लागि भनेर बनाइएका संरचना देखावटी भएकाले उक्त संरचनालाई क्याम्पसको समग्न हितमा प्रयोग गर्न माग गरेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments