Incident Reports

दार्चुलामा राहत माग्दै वडा कार्यालयमा धर्ना

2020-04-15

Sudurpashchim, Darchula, Mahakali, Ward 8

दार्चुलाको महाकाली नगरपालिका–८ का स्थानीयवासीले राहत उपलब्ध गराउन माग गर्दै वडा कार्यालयमा धर्ना दिएका छन्। धापका दलित परिवारका व्यक्तिले आफूहरुलाई राहत उपलब्ध गराउनुपर्ने मागसहित मङ्गलबार वडा कार्यालय धर्ना दिएका हुन्।

महाकाली नगरपालिकाले सुपथ मूल्य पसल सञ्चालन गरेको भए पनि आफूहरुसँग अर्थाभावका कारण खरिद गर्न सक्ने अवस्था नभएको उनीहरुले जनाएका छन्। उनीहरुले सुपथ मूल्य पसल नभइ निःशुल्क खाद्यान्न पाउनुपर्ने माग गरेका छन्। कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले गरेको बन्दाबन्दीका कारण आफूहरुले काम गर्न नपाएको र घरमा खाद्यान्न सामग्री केही नभएकाले राहत माग्न वडा कार्यलयमा आएको पावर्ती कोलीले बताए।

वडा नम्बर ८ कार्यालयले ५६ गरिब परिवारको विवरण नगरपालिकालाई पठाएको वडासचिव श्यामसिंह धामीले बताए। उनले भने, “हामीलाई मूल्य सूचीसहित खाद्य सामग्री उपलब्ध गराएको छ, त्यही आधारमा बिक्री गरिरहेका छौँ।” दलित परिवारको माग निःशुल्क वितरण गर्नुपर्ने भएकाले नगरपालिकाले मूल्य तोकी बिक्री गर्न भनेको हुँदा आफूले पैसा लिएर बिक्री गरिरहेको सचिव धामीको भनाइ छ।

वडाध्यक्ष चक्रसिंह विष्टले पनि गरिब परिवारले राहतका लागि धर्ना दिएको विषयमा आफूले महाकाली नगरपालिकामा जानकारी गराएको बताए। पालिकाले त्यस्ता नागरिकको लगत सङ्कलन गर्न थालेको बुझिएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Government Relief
Actor 1 - Number of people 56
Actor 1 - Affiliations Dalit
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments