Incident Reports

डडेल्धुरामा अवैध हतियारसहित एक जना पक्राउ

2020-04-11

Sudurpashchim, Dadeldhura, Bhageshwar, Ward 3

प्रहरीले डडेल्धुरामा अवैध हतियारसहित एक जनालाई पक्रउ गरेको छ।  जिल्लाको भागेश्वर गाउँपालिका– ३ नानीगाड बगौरातर्फ खटिएको सुरक्षा गस्ती टोलीले भागेश्वर गाउँपालिका– ३ बुरिया बस्ने ३८ वाषर््ीय योगेन्द्रबहादुर शाहीलाई पक्राउ गरेको हो।

उनका साथबाट एक थान एकनाले भरुवा बन्दुक, १० थान सिसाको गोली र बारुद १ सय ५ ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानले बताए।

जिल्ला अदालत डडेल्धुराबाट २० दिनको म्याद थप लिइ पक्राउ परेका शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Local Newspaper - Kailali

0 Comments