Incident Reports

भिडियो खिचेको भन्दै प्रहरीले कुट्दै उठबस गर्न लगाएपछि...

2020-04-03

Province 1, Morang, Pathari Shanishchare, Ward 5

विराटनगर  : लकडाउनको समयमा लगाउन खोजिएको साप्ताहिक हटियालाई रोक्न खोज्दा भिडियो बनाएको भन्दै प्रहरीले मोरङको पथरीशनिश्चरेमा एक किशोरलाई यातना दिएको छ।  पथरीशनिश्चरे–५ का १७ वर्षीय रोहन साहलाई प्रहरीले उठबस गराउँदै थप्पड हानेको बुवा वीरेन्द्र साहले बताए ।

साहको घर वडाअध्यक्ष जोगबहादुर धिमालको घरसँगै जोडिएको छ । घटना अनुसार पथरीशनिश्चरे–५ कुशेचौरीमा कोरोना भाइरस फैलन नदिन सरकारले गरेको लकडाउन उल्लंघन गर्दै शुक्रबार साँझ साप्ताहिक हटिया लगाउन खोजिएको थियो। 

प्रहरीले हटिया लाग्न दिएन। हटिया लगाउन खोज्ने र त्यसलाई रोक्न खटिएका प्रहरीबीच घम्साघम्सी र ठेलमठेल भइरहेको थियो । त्यत्तिकैमा रोहन आफ्नै घरको माथिल्लो तलामा बसेर मोबाइल चलाइरहेका थिए । मोबाइलबाट हटिया लाग्न नदिएको भिडियो खिचेको भन्दै प्रहरीले थप्पड हानेर उठबस गर्न लगाएको बुवा वीरेन्द्रले आरोप लगाए।

उनका अनुसार कुशेचौरी प्रहरी चौकीका इन्चार्ज असई हरिलाल राजवंशी आफैँले कुटपिट गर्दै उठबस गर्न लगाएका हुन् । वीरेन्द्रले नेट चलाइरहेको छोरालाई भिडियो खिचेको आरोप लगाएर प्रहरीले कुटेको आरोप लगाए । ‘कुटपिट गर्दै जबरजस्ती बाटोमा ल्याएर उठबस गर्न लगाए,’ उनले भने, ‘उठबस गर्न नसकेपछि छोरा भूइँमै ढल्यो ।’ भूइँमा ढलेपछि पनि कुटपिट गरिएको उनको भनाइ छ। 

‘पाँच सय पटक उठबस गर भनेर प्रहरीले लगाए,’ वीरेन्द्रले भने, ‘सय पटक गरेपछि नसकेर छोरो ढल्यो ।’ वडा अध्यक्ष धिमालले प्रहरीले गलत व्यवहार देखाएको बताए । ‘घरमा बसिरहेका बेला कुटपिट गर्नु र उठबस गर्न लगाउनु गलत हो,’ उनले भने, ‘प्रहरीबाटै अमानवीय कार्य भयो ।’

असई राजवंशीले भने लकडाउन उलंघन गरेको विषयमा सम्झाई बुझाई गरेको तर कुटपिट नगरेको र उठबस पनि गर्न नलगाएको दाबी गरे।

भैमा ढलेका किशोरलार्ई उपचारका लागि पथरीशनिश्चरेस्थित मोरङ हस्पिटलमा भर्ना गरिएको थियो । सामान्य उपचारपछि उनी घर फर्किएका छन् ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले कुटपिट गरेको र यातना दिएको आरोप लागेपछि घटनाका बारेमा आवश्यक अनुसन्धान र छानबिन सुरु गरिएको बताए । असई राजवंशीलाई विभागिय कारबाहीका लागि इलाका प्रहरी कार्यालयमा तानिएको उनले 

जानकारी दिए।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments