Incident Reports

हातहतियार बरामद

2020-02-12

Bagmati, Sindhuli, Marin, Ward 3

सिन्धुली, २९ माघ

मरिण गाउँपालिका-३ नक्कलेस्थित जंगलबाट १ नाल लोड भएको भरुवा बन्दुक मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको गस्ती प्रहरीलाई देखेर १ जना मानिस भागेकोले लखेट्दै जाने क्रममा उक्त बन्दुक फेला पारी बरामद गरेको छ । फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments