Incident Reports

धनगढी उपमहानगरपालिकाका प्रवक्ताद्धारा रेडियो धनगढी घेराउ

2020-04-12

Sudurpashchim, Kailali, Dhangadhi, Ward 1

कैलालीको धनगढी उपमहानगरपालिकाका १ का वडा अध्यक्ष तथा प्रवक्ता सन्तोष मुडभरीको समुहले रेडियो धनगढीको कार्यालय घेराउ गरेको छ । बिहान तातो बहस कार्यक्रम बजिरहेका बेला उनले आफु सहित अन्य ६ जनाको समुह ल्याएर रेडियो धनगढीको कार्यालय घेराउ गरेका हुन् ।

राहत वितरणमा भ्रष्टाचार गरेको भन्ने रिपोर्ट आईतबार बिहान तातो बहसमा बजे पछि उनले रेडियोको कार्यालयमा नै आएर तातो बहसका प्रस्तोता नवराज धानुक माथि स्टुडियोमै गएर आक्रमण गर्न खोजेका हुन् । उनले आफु सहित अन्य ६ जना लाई ल्याएर धानुकमाथि आक्रमण गर्न खोज्दा धनगढी उपमहानगरपालिका ३ का नागरिकहरुले मुडभरीको समुहलाई रोकेका थिए । उनी नेपाली काग्रेस बाट निर्वाचित वडा अध्यक्ष हुन् ।

उनीहरुले मदिरा सेवन गरेर धानुकमाथि आक्रमण गर्न खोजेका स्थानीयले जनाएका छन । साथै वडा अध्यक्ष बाटै लकडाउनको उलघंन गरेको भन्दै स्थानीय आक्रोसित भएका छन् । पत्रकार माथि हमला गर्न खोज्नुु मुर्खता भएको भन्दै वडा न ३ का स्थानीयले समेत वडा अध्यक्षलाई कडा कारवाही गर्न माग गरेका छन ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Government Relief
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments