Incident Reports

डिउटीमा खटिएको प्रहरीलाई गालीगलौज तथा हातपात गरेको अभियोगमा पक्राउ

2020-04-15

Madhes, Rautahat, Gaur, Ward 3

रौतहट, ४ वैशाख    गौर नगरपालिका-३ विपिचोकमा डिउटीमा खटिएको प्रहरीलाई गालिगलौज, हातपात तथा ढुंङगा प्रहार गरेको अभियोगमा ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेहरुमा रौतहट गौर नगरपालिका-३ बस्नेहरु २६ वर्षीय राहुल कुमार यादव, ३० वर्षीय राजिव यादव, २१ वर्षीय अभिषेक यादव र २२ वर्षीय विवेक यादव रहेका छन् ।     जिल्ला प्रहरी कार्यालय रौतहटबाट डिउटीमा खटिएको प्रहरीले लकडाउन उल्लंघन गरी बाटोमा हिँडिरहेका मानिसहरूलाई सम्झाई बुझाई गरी आफ्नो घर फर्काउने क्रममा उनीहरुले उल्टै प्रहरीमाथि नै गालिगलौज, हातपात तथा ढुङ्गा प्रहार गरे पश्चात उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । ढुङ्गा प्रहारबाट घाइते भएका एक जना प्रहरी कर्माचारीलाई उपचारको लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 1
Police website

0 Comments