Incident Reports

औषधि लिएर फर्किएका सर्वसाधारणमाथि प्रहरीको लाठी

2020-04-16

Bagmati, Kathmandu, Kathmandu

४ वैशाख, काठमाडौं । कलंकीमा औषधि बोकेकी महिलामाथि प्रहरीले निर्घात कुटपिट गरेको छ । नगर प्रहरी कार्यालय, भृकुटीमण्डपबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले सर्वसाधारणमाथि कुटपिट गरेको हो ।

हेल्थ पाटी नामक युट्युब च्यानलमा अपलोड भएको भिडियोमा प्रहरी र तीन जना सर्वसाधारणबीच वादविवाद भएको देखिन्छ । तीमध्ये दुई जना महिलाले हातमा औषधिको पोको बोकेका छन् ।

प्रहरीले उनीहरुसँगै रहेका पुरुषलाई ‘म्यान क्याचिङ डिभाइस’मार्फत पक्राउ गर्न खोजेपछि महिलाले प्रतिवाद गर्न खोजेको देखिन्छ । पुरुषले पनि केही बोलेको जस्तो देखिन्छ । तर, आवाज प्रस्ट बुझिँदैन ।

त्यसक्रममा प्रहरीले लाठी चार्ज गरेको भिडियोमा देखिएको छ ।

नगर प्रहरीका प्रमुख डीएसपी पवन भट्टराईले घटनाबारे आफूले पनि जानकारी पाएको बताउँदै लाठी चार्ज गर्नुपर्ने अवस्था कसरी आयो भन्ने विषयमा जानकारी लिने काम भइरहेको अनलाइनखबरलाई बताए ।

काठमाडौं प्रहरीका एक अधिकृतले भने औषधि लिने महिलासँगै गएका अन्य दुई जना नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग उल्टै विवाद गरेपछि अफ्ठ्यारो परिस्थिति सिर्जना भएको दाबी गरेका छन् । यद्यपि, औषधि लिएका सर्वसाधारणमाथि लाठी बर्साएको भन्दै सामाजिक सञ्जालमा तीब्र आक्रोश व्यक्त भइरहेको छ ।

बुधबार राति पनि महाराजगञ्जमा लकडाउन उल्लंघन गरेको आरोपमा प्रहरीले तीन जना चिकित्सकलाई कुटपिट गरेको आरोप लागेको थियो । घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले एसएसपी किरण बज्राचार्यको नेतृत्वमा छानविन समिति बनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments