Incident Reports

पत्रकार पौडेललाई धम्क्याएकोप्रति महासङ्घकोे ध्यानाकर्षण

2020-04-15

Bagmati, Kathmandu, Kirtipur

नेपाल पत्रकार महासङ्घले केन्द्रीय सदस्य तथा नागरिक दैनिकका पत्रकार दिलीप पौडेललाई प्रकाशित समाचारको विषयलाई लिएर कीर्तिपुर निवासी महेशराज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जाल र फोनबाट धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

यही वैशाख २ गते नागरिक दैनिकमा प्रकाशित ‘कोरोनाको बहाना बनाएर नौ महिनाको गर्भवती डेरा निकाला’ शीर्षक समाचारलाई लिएर निज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जालमार्फत अनेक किसिमका गालीगलौजको शब्द प्रयोग गर्ने तथा फोनबाट धम्क्याएको पीडित पत्रकार पौडेलले महासङ्घमा जानकारी गराए ।

महासङ्घका महासचिव रमेश विष्टले बुधबार एक विज्ञप्तिमार्फत प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसको कानूनी उपचार खोज्ने विकल्प हुँदाहुँदै यस किसिमले पत्रकारलाई धम्क्याउनु प्रेस स्वतन्त्रताविरुद्ध भएको उल्लेख गर्दै महासङ्घ घटनामा संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा ध्यान दिन स्थानीय प्रशासनसँग माग गरे ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments