Incident Reports

वडा अध्यक्ष आलमको मनपर्दी विरुद्ध जिंगडियाका स्थानीयबासी आन्दोलित

2020-02-25

Madhes, Rautahat, Garuda, Ward 8

ओम प्रकाश यादव फागुन १४ गते, रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नं ८ बसबिटि जिंगडियाका वडा अध्यक्ष मोसहर आलमविरुद्ध स्थानीय बासिन्दाहरुले आन्दोलित भएका छन । वडा अध्यक्ष आलम विकास निर्माणको नाउमा लुटतन्त्र मच्चाएको र आफना मनोमानी ढंगले वडाको बजेट सञ्चालन गरेको आरोप लगाउँदै स्थानीयहरु हिजो देखी आन्दोलमा उत्रेका छन ।वडा अध्यक्ष आलम एकलौटि शासन चलाउँदै वडा कार्यालयलाई आफनो व्यक्तिगत गरी खाने भाडो बनाएको भन्दै स्थानीय बासिन्दाहरुले आज गरुडा नगरपालिकाको कार्यालय गरुडाको मुलगेट अगाडि दुई घण्टा धर्नामा बस्दै विरोध प्रदर्शन गरेका छन ।वडा अध्यक्षको मनपर्दीका कारण वडाका विकास निर्माणको काम धरापमा पर्नुका साथै एसईईकै मुखमा वडाका विद्यालयहरुमा पनि पठनपाठन प्रभावित हुँदा विद्यार्थीहरुको भविष्यमाथी खेलवाड भएको भन्दै जिंगडियाबासी वडा अध्यक्ष आलम विरुद्ध आक्रोसित हुँदै आन्दोलन शुरु गरेका छन ।आलम कसैसँग सरसल्लाह नै नगरी एकलौटि रुपमा अगाडि बढेको र आफनै भाईभारदारलाई वडा कार्यालयका समकक्षी बनाई वडाको बजेटमा ब्रहमलुट मच्चाएको कारण आफुहरुलाई आन्दोलनमा उत्रनुपरेको आन्दोलनरत स्थानीयहरुले बताएका छन । वडा अध्यक्ष आलमको विरुद्ध आन्दोलनमा उत्रेका स्थानीयहरुले आज प्रेस विज्ञपती निकालेर आफना ७ सुत्रिय माग अघि सारेका हुन ।कसैलाई पनि जानकारी नै नदिई चोर बाटो भई वडा कार्यालयको कम्प्युटर अपरेटर पदमा शेख तवरेज आलमलाई नियुक्त गरिएकोमा उनको नियुक्त यथासिघ्र खारेज हुनुपर्ने, विगतका दिनमा वडा कार्यालयमा पक्की सडक ढलान रहेको अवस्थामा नेपाल सरकारको बजेट दुरुपयोग गर्दै पुन त्यही ढलान भएको सडकमाथी नाला निर्माण गरि दोहोर रकम खर्च गरी बजेट दुरुपयोग गर्ने उपभोक्ता समितिको पदाधिकारीहरुलाई कार्यवाही हुनु पर्ने, वडा अध्यक्ष आलम कसैलाई वितरण नै नगरी सोलार बैट्री,पराल काटने मेसिन, सिलाई मेसिन लगाएतका सामाग्रीहरु कागजमा मात्रै वितरण गरेको देखाई अनियमितता गरेको रकम पारदर्शी हुनुपर्ने स्थानीयहरुले निकालेको विज्ञप्तीमा उल्लेख गरेका छन । त्यस्तै बालबालिकाको बालपोष्ण भत्तामा पनि व्यापक अनियमितता गरेको, कानुन विपरीत गाउँमो विकास निर्माणको काम गर्नककोलागि गठित उपभोक्त समितिहरुमा वडा अध्यक्ष मोसहर आलमले आफनै आसेपासे एवं नातागोताका मान्छेलाई राखेको अनियमितता गरेको स्थानयहरुले आरोप लगाएको विज्ञप्तीमा उल्लेख गरिएको छ । वडा कार्यालय अन्तर्गतका शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गरेका कार्यहरुको आफुहरुलाई जानकारी गराउनुपर्ने लगाएतका माग गरी उनिहरु चरणबद्ध आन्दोलन थालेका हुन । वडा अध्यक्ष आलम आफुखुसी गरेको विकास निर्माणको काम पारदर्शी हुनुपर्ने र कम्प्युटर अपरेटरको पद खारेज गर्न स्थानीयहरुले गरुडा नगरपालिकासँग माग गरेका छन । वडा अध्यक्ष आलम आफनो रबैया सुधार नगरे तथा आफुहरुको मागप्रति नगरपालिकाले ठोस कदम नचाले अझै यो भन्दा पनि काडा आन्दोलन गर्न बाध्य हुने स्थानीयहरुले चेतावनी दिएका छन । यसैविच जिंगडियाका वडा अध्यक्ष मोसहर आलमले स्थानीयहरुले आफुमाथी लगाएको सबै आरोप झुठो एवं निराधार रहेको बताएका छन । आफुले जनताकोचाहना र ईच्छा आकांक्षा अनुसारको काम गर्दा केही विपक्षीहरु आफुलाई बदनाम गराउन यस्तो गलत आरोप लगाई आन्दोलन गर्न लगाएको वडा अध्यक्ष आलमको भनाई छ । उनिहरुले आरोप लगाएजस्तै आफु कुनै पनि काम वा शिर्षकमा अनियमितता नगरेको उनको भनाई छ । आफुले गरेको सबै काम पारदर्शी रहेको र आफुले गरेको काममा विश्वास नभए नगरपालिका कार्यालयमा सम्पर्क गरेर चित बुझाउन उहाँले सबैलाई आग्रह गर्नुभयो । आफुले मनपर्दी वा भ्रष्टाचार गरको भए प्रमाणित गरेर देखाउँन उनले चुनौती दिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments