Incident Reports

बच्चाको लागि दुध लिन गएकालाई प्रहरीले रोडमै सुताएर लाठी बर्षाएपछि

2020-04-19

Madhes, Dhanusha, Janakpur, Ward 2

कोरोनाबाट बच्न सरकारले लगाएको लकडाउनको क्रममा बच्चाको दुध लिन गएका एक युवक जनकपुरमा निर्घात कुटिएको छ ।  जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ शिवचौक बस्ने कल्याण कुमार कर्णलाई लकडाउनमा चोकमा डयुटिमा रहेका प्रहरीले निर्घात कुटपिट गरेको हो ।

बच्चाका लागि दुध लिन गएको बेलामा प्रहरीले निर्घात रुपमा कुटपिट गरेको भनेर उनले आफ्नो फेसबुक लाइभमा बयान दिएका छन । विहानै कदमचोकमा उनलाई प्रहरीले पहिले सोधपुछ गरी बच्चाको दुध लिएर जाँदै गएको अवस्थामा सकडमा सुताएर लाठी प्रहार गरेको हो । उनको जीउभरि निलडाम देखिएको छ ।उनले लाईभमा लकडाउन आफूहरुकै लागि हो भनेर बुझेपनि बच्चाको भोकले गर्दा खेरी दुध लिन जान पाउने अधिकार समेत खोसेको बताएका छन् ।

प्रहरी प्रशासनले दुध, चामल, दाल, तरकारी सहित खाद्यान्न अत्यावश्यक वस्तुमा राखेको छ । दुधलाई निर्वाध रुपमा ओसार पोसार गर्न दिएपनि दुधकै लागि प्रहरीले कुटपिट गरेको बताएको छ ।  कर्णले आफ्नो फेसबुक सञ्जालमा भिडियो राखेर न्यायका लागि जिल्ला प्रशासन कार्यालय, प्रदेश २ का सरकार सहितका निकायलाई गुहारेका छन् । उनले फेसबुक सञ्जालमा ‘लकडाउनको पालना सबैलाई गर्नुपर्छ । लकडाउन हाम्रै लागि हो बुझ्नु पर्छ । तर दूध लिन जाँदा यसरी निर्ममता पूर्वक कुटपिट गर्नु कहाँको न्याय हो’ भनेका छन् । उनले अगाडि थपे ‘कदमचौकबाट दूध लिएर आउँदा प्रहरीले मलाई रोके र सोधे, तिमी कहाँबाट आउँदै छौ । मैले भने बच्चाका लागि दुध लिएर शिवचौक जाँदैछु । त्यति सुन्दै प्रहरीले लठ्ठीबाट कुटपिट गर्न थाल्यो । सडकमै सुताएर कुटपिट गर्यो’ उनले रुदै आफनो बयान राखेका छन् । यता, जिल्ला प्रहरी कार्यालय धनुषाले लकडाउनको बेला सिस्टम अनुसार पालना नगरे तथा प्रहरीसँग दुरव्यवहार दर्साएकोले समान्य लाठीचार्ज गरेको हुन सक्ने प्रतिक्रिया दिएको छ । आगामी बैशाख १५ गतेसम्म सरकारले नेपालमा लकडाउनको घोषणा गरेको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people N
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments