Incident Reports

सिडीओलाई नै ‘थ्रेट’ गरेपछि पक्राउ परे ज्ञानेन्द्र शाही

2020-04-21

ललितपुर । हाम्रो नेपाल, हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाहीले ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो)लाई नै थ्रेट गरेको तथ्य खुलेको छ । मनपरी राहत बाँड्न नपाएको भन्दै शाहीले सामाजिक सञ्जालमार्फत सिडियोको नम्बर सार्वजनिक गरेका थिए । शाहीले विगत केही दिनदेखि जथाभावी राहत वितरण गर्दै आएका थिए । लकडाउनको समेत उल्लंघन गर्दै उनले राहत वितरण गरेपछि स्थानीय प्रशासनले उनलाई स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरेर राहत बाँड्न भनेका थिए । तर, जथाभावी राहत वितरण गर्दै हिडेपछि प्रशासनले उनलाई नबाँड्न भनेका थिए ।  राहत वितरण गर्न नपाएपछि उनले प्रेस विज्ञप्ति निकाल्नुका साथै फेसबुक लाइभमा आएर सिडियोको नम्बर सार्वजनिक गर्दै दवाव दिन भनेका थिए । उनको सो भिडियो सार्वजनिक भएसँगै ललिपतुरका सिडियो भागिरथ पाण्डेलाई देश विदेशबाट फोनमा धम्क्याउने, मेसेजहरु पठाएर धम्की दिने क्रम बढेको थियो ।  शाहीको भिडियो सन्देशपछि देश विदेशबाट धम्की दिएपछि सिडियो पाण्डेले गृह मन्त्रालयका समकक्षीहरुसँग समेत परामर्श गरेका थिए ।  संक्रमणको महामारीका बेला जथाभावी राहत वितरण गर्दा जोखिम हुन्छ भन्दै प्रशासनले शाहीलाई सम्झाएको थियो । स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरेर राहत वितरण गर्दा जोखिम कम हुने सुझाव दिएका थिए । तर, शाहीले भिडियो सार्वजनिक गर्दै सिडियोलाई नै थ्रेट गरेपछि उनी मंगलबार राति १० बजे उनको डेराबाट नै पक्राउ परे ।  हिजो दिउँसोदेखि नै उनलाई पक्रनका लागि प्रहरीले निगरानी बढाएको थियो । तर, उनी भने डेरा कोठामा आएनन् । बेलुका डेरामा आएपछि उनी पक्राउ परे । ललितपुर प्रहरीका एसएसपी टेकप्रसाद राईले लकडाउन उल्लंघन गरेको अभियोगमा पक्राउ गरेको बताएका छन् ।  हीलाई के हुन्छ कारवाही ?पक्राउ परेका शाहीलाई तत्काल लकडाउन उल्लंघनको आरोप छ । तर, उनलाई प्रहरीले संक्रमण ऐन, २०२० लगाउने तयारी गरेको स्रोतको भनाइ ।  

शाहीको भिडियो सन्देशपछि सिडियो पाण्डेलाई फोन, मेसेजमार्फत धम्की दिनेबारे पनि प्रहरीले अनुसन्धान थालेको छ ।  

देशका विभिन्न स्थानबाट धम्की दिनेबारे नेपाल प्रहरीको साइबर व्यूरोको समन्वयमा अनुसन्धान प्रक्रिया अघि बढाउने ललितपुर प्रहरीले तयारी थालेको अनुसन्धान अधिकृतले बताए ।  

विदेशबाट धम्की दिनेहरुबारे इन्टरपोलमार्फत उनीहरुलाई पक्राउ गर्नेबारे प्रक्रिया अघि बढाउने तयारीमा प्रहरी छ ।  

शाही यसअघि पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई गालीगलौजमा उत्रिएका थिए । उनलाई ललितपुर प्रहरीले नै यसअघि पनि पक्राउ गरेको थियो ।  

शाहीको साथमा शक्तिराज शाही पनि पक्राउ परेका छन् । शक्तिराज ज्ञानेन्द्रका घरपेटी हुन् । उनी ज्ञानेन्द्रका चालक समेत रहेको प्रहरीले जनाएको छ । शक्तिराज चितवनमा कुटिएका समेत थिए ।  

 

 


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Weapons None
Primary Cause Other governance issues
Secondary Cause Government Relief
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments