Incident Reports

राहतमा कमिशनको चलखेल : मेयरविरुद्ध १८ अध्यक्ष एकजुट

2020-04-21

Madhes, Dhanusha, Janakpur

जनकपुरधाम : जनकपुरधाम उपमहानगरनगरपालिकाका १८ वडा अध्यक्षले गरिब तथा विपन्न परिवारलाई तत्काल राहत वितरण गर्न माग गरेको छ। विश्वव्यापी कोरोना महामारीबाट गरिब विपन्न तथा बिहान बेलुकाको छाक टार्न धौधौ भएको परिवारलाई तत्काल राहत बितरण गर्न जनकपुका उपमहानगरका अध्यक्षहरुले माग गरेका हुन्।

कोरोना (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन महिना दिन नाघे पनि राहत प्याकेज उपलब्ध नगराएको वडा अध्यक्ष जानकीराम साहको आरोप छ। उनले भने, 'अधिकांश स्थानीय तहहरुले राहत बाडिसकेको छ, तर हाम्रो पालिकामा अहिले समेत राहको अत्तोपत्तो छैन, मेयर सा'बले कमिशन चलखेलमा बिराटनगरबाट खाद्यान्न सामग्री मगाएर कमशिन खाने चक्करमा राहत अडकाउनु भएको छ।'

बुधबार जनकपुरधाममा असन्तुष्ट वडाध्यक्षहरु भेलाबाट नगर प्रमुख लालकिशोर साहको कुस्वार्थी नियत र भ्रष्टाचारी क्रियाकलापबाट नगरमा रहेका गरिब विपन्न परिवार भोकभोकै बस्नुपरेको वडा अध्यक्ष दिपेन्द्र साहको आरोप छ। उनले भने, 'हामी कहाँ मजदुरी गरिखाने परिवारहरु आउँछन्, उनीहरु कम्तिमा खान व्यवस्था गरिदिन भन्छन, तर मेयर साहले हाम्रो कुरा सुन्दैन, मेरो वडामा रहेको गरिब विपन्न समुदायलाई कसरी कसरी पेट पाल्न भन्नु, साह्रै गाह्रो भो।'

उपमहानगरपालिकाभित्रका गरिब तथा विपन्न तथा मजदुर परिवारलाई हाल सरकारी राहत पाउन सकेको छैन्। वडा नम्बर २० का वडा अध्यक्ष भोगेन्द्र झाले भने, 'तत्काल पारदर्शी रुपमा संघीय र प्रदेश सरकारको मापदण्ड अनुसार राहत वितरण होस् हाम्रो भनाई छ।' जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहविरुद्ध आक्रोशित हुँदै भने, 'मेयर साह

कमिसनको 'खेलमा फस्नु भो, जनताको गुनासो हामीलाई सुन्नु परेको छ। हामी वहाँलाई भेट्न जान्छौं तर समय दिनुहुन्न, हामी उहाँको कार्यशैलीबाट हैरान–परेशासन छौं।'

जनकपुरधाम उपमहानगरको २५ वडाध्यक्ष मध्ये १७ वडाध्यक्षहरु बैठक बसेर कोरोना प्रभावित गरिखाने श्रमजिवि परिवारलाई तत्काल राहत उपलब्ध गराउन मेयर साहकोविरुद्ध उभिएको २३ नम्बरका अध्यक्ष शुभनारायण मण्डलले बताए। उनले भने, 'कोरोना महामारी भन्दा भोकले वडाबासी मर्न लागिसके तर मेयरलाई फोटो खिचाउन र मिटिङ भ्याउनुबाट फुर्सद छैन्, वडा बासीलाई परिवारलाई कोरोनाबाट जोगाउनु कि भोकमरीबाट?' अर्का वडा अध्यक्ष परमेश्वर साहले विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा केही राहत पाए पनि पर्याप्त नरहेको बताए। उनले भने, 'स्थानीय सरकारसंग पैसाको कमी छैन, तर मेयरको नियत सफा नहुँदा राहतबाट विपन्न परिवार बञ्चित हुनुपरेको छ।'

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Government Relief
Actor 1 - Number of people 18
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments