Incident Reports

लकडाउनको मौका छोपी औषधि र उपकरणमा चर्को कालोबजारी गर्ने भक्तपुरको फार्मेसीलाई जरीवाना

2020-04-23

Bagmati, Bhaktapur, Suryabinayak, Ward 10

बढी मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भक्तपुरको लोकन्थलीस्थित समिट अस्पतालको फार्मेसीलाई कारवाही गर्‍यो। अनुगनमका क्रममा बढी मूल्य लिइ मास्क बेचेको पाइएपछि सो फार्मेसीलाई गत शुक्रबार विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल रु दुई लाख जरिवाना गरिएको थियो। समिट अस्पतालको फार्मेसी एउटा नमूना मात्रै हो। यस्ता धेरै फार्मेसीले अचेल औषधिमा कालोबजारी गरे पनि सम्बन्धित निकायलाई कुनै चासो नभएको उपभोक्ता बताउँछन्।

“लोकन्थलीको समिट अस्पताल अवैधरूपमा सञ्चालनमा छ, त्यहाँ धेरै प्रक्रिया पुगेका छैनन्, उपचार पनि हुँदैन, बोर्ड मात्रै राखेर किन अस्पताल चलाउँछन्, अनुगमन गर्नुपर्‍यो भनेर जिल्ला स्वास्थ्य कार्यालय प्रमुखलाई पटक–पटक भन्यौँ तर चासो दिनुभएन”, मध्यपुरथिमि–१ लोकन्थलीका समिर भट्टले भने।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Secondary Cause Irregularities in Commodity Market
Actor 1 - Number of people N
Actor 1 - Affiliations Private company
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments