Incident Reports

बैतडीको पंञ्चेश्वरमा राहत वितरणमा विभेद गरेको भन्दै स्थानीयको विरोध

2020-04-21

Sudurpashchim, Baitadi, Pancheshwar, Ward 4

धनगढी :  बैशाख ८ गते बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ बिनायकका ७३ वर्षीय जोगबहादुर चन्द राहतका लागि वडा कार्यालय पुगे। वडा कार्यालयले राहत बाँड्ने भन्दै सबैलाई बोलाएपछि उनीपनि हातमा थैली बोक्दै करिब ३ घण्टा उकालोबाटो हुँदै वडा कार्यालय पुगका थिए। उनी पुग्दासम्म वडा कार्यालयले केही व्यक्तिलाई राहत बाँडीसकेको थियो। 

उनीपनि राहत पाउने आशाले थैली थाप्दै राहत बाँड्ने नजिक गए।  तर उनको थैलीमा भने राहत परेन्। हिडाँइले थकित बृद्ध राहत पाइने भनेपछि खुशी हुँदै थैली लिएर राहत बाँड्नेकोे नजिक त पुगे तर उनलाई ‘तपाईका लागि यो राहत होइन’ भनीयो।  

त्यसपछि केहीछिन टाउकोमा हात राख्दै चन्दले राहत बाँडेको हेरिरहे। ‘राहत वितरणमा भेदभाव भइरहेको थियो। आफन्त, आसेपासे र कार्यकर्ताहरुलाई फटाफट राहत बाँडिदै थियो’ उनी भन्छन्, ‘मैले थैली थाप्दै भैलीस्वरुप मलाई थोरै भएपनि दिनुभन्दा तपाईका लागि यो राहत होइन भन्दै उल्टै हप्काए।’ 

६ जनाको उनको परिवारमा छोरा मात्रै जागिरे छ। उनीपनि लकडाउनका कारण भारतमा फसेका छन्। ‘मेरो घरमा ६ जना छन्, एउटा छोरामात्रै जागिरे छ। उ पनि भारतमा लकडाउनमा फसेको छ’ चन्दले भने, ‘उसले पैसा पठाउन सकिरहेको छैन, साना नातिनतिना छन्। घरमा भएको अन्न समेत सकिएकाले बेजोग भएको छ।’  

चन्द मात्रै होइन उनीसंगै राहतका लागि सोही ठाउँका दुई जना मानशिक रोगी महिला र एक जना अपागं महिला पनि राहत माग्नेको भिडमा थिए। तर ति दुवैलाई समेत सुक्को दिइएन। चन्दका अनुसार ती दुवैले राहत बारे बुझ्न खोज्दा सोध्ने अधिकार छैन भन्दै हप्काइएको थियो। ‘तपाईहरुलाई सबै बताउने हाम्रो कुनै अधिकार छैन, हामी बताउँदैनौ, तपाईहरुको नाम लिष्टमा छैन जानुस भनेर भन्यो’ उनले भने। राहत लिन गएकी गंगा चन्द अपागं हुन भने कहुरा धामी र बिस्ना चन्द एकल महिला र मानसिक रोगी हुन। त्यो दिन उनीहरुलाई पनि रित्तै फर्काइयो। 

वडा कार्यालयद्वारा एकलौटी रुपमा राहत  वितरण गरिएको अर्का स्थानीय सुरेन्द्रबहादुर चन्दले बताए। उनले भने ‘आफ्नो गाउँका मान्छेलाई एकलौटी रुपमा राहत दिइयो, जो हामी पिडित छौँ उनीहरुलाई रित्तै फर्काइयो।’  

यस्तै गाउँमा परिवारै नबस्नेको नाममा पनि राहत थन्क्याइएको अर्का स्थानीय विरेन्द्रबहादुर चन्दले बताए। ‘जसलाई दिनुपर्ने हो उनीहरुलाई नदिएर आफन्त, आसेपासे, पार्टी कार्यकर्ताहरुलाई राहत बाँडे’ उनले दिनेश खबरसँग भने, ‘आफ्नै भाई नातापर्ने उनको परिवार गाउँमै बस्दैन्, उनीहरुको नाममा राहत राखेका छन्।’ 

उक्त स्थानमा नबस्नेको समेत राहत पाउनेको सूचिमा नाम रहेको उनले बताए। ‘एकै परिवारका २/३ जना सरकारी जागीरे भएका तथा धनगढी/महेन्द्रनगर बसेर सरकारी जागीर गर्नेलाई राहत दिइएको छ’ उनले भने।  

यस सम्बन्धमा वडा नम्बर ४ का कार्यवाहक वडाअध्यक्ष श्याम चन्द भने राहत बाडेपनि स्थानीयहरुले गुनासो गरिरहेको बताएका छन्। ‘हामीले पहिलो चरणको राहत बाडिसकेका छौँ, अब दोस्रो चरणको राहत बाँड्न २५ सदस्यीय समिती गठन गरेका छाैँ’ उनले भने, ‘शुक्रबार बैठक छ, प्रदेश सरकारले दिने दोस्रो चरणको राहत घरदैलो कार्यक्रम गरेर बाँड्ने योजना छ।’ 

गाउँपालिकाको एक लाख ४० हजार र वडाकार्यालयको साढे ४ लाखको पहिलो चरणको राहत ३ सय २१ जनालाई वितरण गरिसकेको उनले बताए। यस विषयमा गाउँपालिकाका अध्यक्षसंग बुझ्न फोन गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन्। सो वडाका वडा अध्यक्षको भने गत मंसिरमा निधन भएको थियो। अहिले कार्यबाहक अध्यक्षको रुपमा श्यामबहादुर चन्दलाई नियुक्त गरिएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Government Relief
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments