Incident Reports

लकडाउनमा वीरगञ्ज बजार अनुगमन, पाँच पसल कारबाहीमा

2020-04-24

Madhes, Parsa, Birgunj

१२ वैशाख, वीरगञ्ज । कोरोना भाइरसको संक्रमण फैलन नदिन मुलुकमा लकडाउन आव्हान गरिएको छ । लकडाउन भएपनि वीरगञ्जमा अत्यावश्यक खाद्यान्नका पसल बिहान ११ बजेदेखि ३ बजेसम्म र औषधी पसल २४ अ‍ैं घण्टा खोल्न दिइएको छ । लकडाउनको ३१ औं दिन शुक्रबार वीरगञ्जमा बजार अनुगमन गरिएको छ ।

लकडाउनको मौकाछोपी उपभोक्तालाई ठगिएको गुनासो आएपछि बजार अनुमगन गरिएको वाणिज्य तथा आपूर्ति कार्यालयले जनाएको छ । बाणिज्य तथा आपूर्ति कार्यालय पर्साका प्रमुख जीत बहादुर भण्डारीको नेतृत्वमा संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा ५ वटा पसललाई जरीवाना गरिएको वाणिज्य तथा आपूर्ति कार्यालय पर्साका प्रवक्ता दिलिप खंग खत्वेले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा अंकित मुल्य उल्लेख नगरी समान बिक्री गरेको पाइएपछि रानीघाट स्थित गोपाल ग्लोबल ट्रेडलाई १ लाख जरीवाना गरिएको छ ।

त्यसैगरी अनुगमनको क्रममा पानीट्याङकी स्थित सन्तोष जनरल स्टोर्स, प्रतिमा चोकको पुस्कर इन्टरप्राईजेज, बसपार्कको ब्याहुत किराना पसल र मुर्लीको पिन्टु किराना भण्डारलाई ५/५ हजार जरीवाना गरिएको छ । उनीहरुले खरिद बिल बिजक देखाउन नसकेकोले ५/५ हजार जरीवाना लिइएको प्रवक्ता खत्वेले जानकारी दिए ।

अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत लगायत सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Secondary Cause Irregularities in Commodity Market
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Private company
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments