Incident Reports

जंगली जनावर मारेको आरोपमा हतियारसहित दुई जना पक्राउ

2020-04-26

Bagmati, Sindhupalchok, Tripurasundari, Ward 2

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले मृग जस्तै देखिने जंगली जनावर मारेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ ।  शुक्रबार सिन्धुपाल्चोकको जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २, लुङगुर्पाका  ३९ वर्षका हिरा बहादुर गुरुङ र सोही स्थानका ३४ बर्षका टपिन्द्र बहादुर गुरुङलाई मृगको जस्तो देखिने जंगली जनावरको मासु सहित पक्राउ गरेको हो ।  उनीहरुले घरेलु हतियार प्रयोग गरी जंगली जनावर मारेको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोकले जानकारी दिएको छ । 


टपिन्द्रको भान्सा घरमा मृग जस्तै जंगली जनावरको मासु पेरुङ्गो र बाटामा राखिएको अवस्थामा फेला पारेको र पुजा घरमा दुई नाल भरुवा बन्दुक समेत फेला परेको प्रहरीले जानकारी दिएको हो ।  हिरा बहादुर गुरुङको भान्सा घरमा खाना पकाउने चुलोको माथि निगालाको सिलमा मृग तथा मृग जस्तै जंगली जनावरको मासु राखेको अवस्थामा फेला परेको प्रहरीले थियो ।  उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी बाह्रबिसेको हिरासत कक्षमाराखि यस बारेमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ । 


National/Online Media

0 Comments