Incident Reports

राहत माग्दै वडा कार्यालय घेराउ

2020-04-26

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 9

राहत नपाएपछि पोखरा ९ पृथ्वीचोक स्थित सुकुम्बासी बस्तीका नागरिकहरुले वडा कार्यालय घेराउ गरेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएको आफुहरुलाई सरकारले कुनै राहत नदिएको उनीहरुको गुनासो छ।

बसपार्क स्थित कृष्णटोलका १ सय ९४ घरदुरीमा राहत वितरण नगरिएको उनीहरुको भनाई छ । वडाध्यक्षलाइ समेत पटकपटक फोन गरेर राहत माग गरेपनि सुनुवाई नभएको एक मजदुरले बताए ।

'५ जनाको परिवार छ । सरकारले १० किलो चामल दिन्छ । काम रोकिएको महिनादिन वितिसक्यो। हामीले के खाने ?,' एक मजदुरले भने, 'लकडाउन भनेर भोकमरीले मर्ने भैयो । छिटो राहत दिनुप¥यो।' उनीहरुले आवश्यक्ताका आधारमा सबैलाई राहत उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।

वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेले राहतमा कुनै विभेद नभएको र पटकपटक वितरण भैसकेको दावी गरे । 'उचालेर आएका हुन् । चुल्हो नबल्ने कोही पनि छैन । एकपटक सर्वदलीय बैठक राखेर राहत बाँडेको हो । बेलाबेलामा अरु पनि दिईरहेका छौं,' उनले भने, 'दोश्रो पटक पनि बाँइनका लागि पनि तयारी गरिरहेका छौं । उकास्दिन्छन् । अनि नजिकको सरकारमा घेर्ने त हो नि।'

पोखरा महानगरपालिकाले २० हजार भन्दा बढीलाई राहत वितरण गरिसकेको छ भने विभिन्न संघ संस्थाले पनि थप १२ हजार परिवारलाई वितरण गरेका छन् । अहिले पनि ठाउँठाउँमा राहत वितरण भैरहेको छ । पोखराका विभिन्न ठाउँबाट तयारी खाना पनि उपलब्ध गराईएको छ । यद्यपी मजदुररहरुको गुनासो भने ज्यूँका त्यूँ छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Government Relief
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kaski

0 Comments