Incident Reports

भरुवा बन्दुक बरामद

2019-04-28

Gandaki, Nawalparasi East, Bulingtar, Ward 4

नवलपरासी (पूर्व), १५ वैशाख    बुलिङटार गाउँपालिका-४ बस्ने ४६ वर्षीय नर बहादुर मगरको साथबाट १ थान भरुवा बन्दुक सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।घाँस काट्न जाँदा नर बहादुर आँफैले बोकेको भरुवा बन्दुक अचानक पड्कन गई घाइते भएकाले जिल्ला सरकारी अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) र ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक बरामद गरेको हो । नर बहादुरको सोही अस्पतालमा उपचार भइरहेको छ ।    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments