Incident Reports

उपाध्यक्षमाथि कार्यपालिका बैठकमै हातपात

2020-04-24

Karnali, Jumla, Hima

जुम्ला — हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायमाथि प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले कार्यपालिका बैठकमै हातपात गरेका छन् ।

वैशाख १२ गतेको कार्यपालिका बैठकमा राहत वितरण, सामाजिक सुरक्षा भत्ता र अलपत्र परेका स्थानीयलाई उद्धार गर्ने विषयमा छलफल चलिरहेको बेला उपाध्यक्ष रोकायामाथि हातपात भएको हो ।

कार्यपालिका बैठकमा उपाध्यक्ष रोकायाले आफ्नो धारणा राख्ने क्रममा प्रशासकीय अधिकृत बुढाले अपशब्द बोल्दै हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेकी छन् । प्रहरीका अनुसार घटनापछि प्रमुख प्रशासकीय अधिकृत सम्पर्कविहीन छन् । घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र चनले बताए । उनका अनुसार यस्तो प्रकृतिको मुद्दाको हदम्याद ३ महिनाको हुन्छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Youth Injured 00
National/Online Media

0 Comments