Incident Reports

धनीलाई राहत दिएको, तर विपन्न र मजदुरलाई नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी

2020-04-28

Sudurpashchim, Kanchanpur, Shuklaphanta, Ward 5

राहत वितरणको विषयलाई लिएर असन्तुष्ट स्थानीयले शुक्लाफाँटा नगरपालिका– ५ कार्यालयमा तालाबन्दी गरेका छन् ।

मंगलबार दिउँसो शुक्लाफाँटा नगरपालिका– ५ गजमुनीका स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले राहत वितरणमा जनप्रतिनिधिले विभेद गर्दै आफन्त र धनी वर्गलाई राहत दिएको, तर गरिब, विपन्न र मजदुरलाई नदिएको भन्दै वडा कार्यालयको मूलगेटमै तालाबन्दी गरेका हुन् । स्थानीय गणेश नाथले पाउने व्यक्तिले राहत नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरिएको बताए । ‘हाम्रो नाम संकलन गरियो, तर राहत पाइएन,’ उनले भने, ‘राहतका लागि पटकपटक वडामा आउँदा भोलिभोलि भन्दै ढाँटियो ।’ 

स्थानीय हरिदेवी भट्टले घरमा बिहानसाँझ खान नपुग्ने भए पनि वडाबाट राहत नपाइएको दुःखेसो पोखिन् । राहतकै विषयलाई लिएर लकडाउन उल्लंघन गर्दै राजमार्गमा नाराबाजीसमेत गरेका थिए ।

कांग्रेसनिकटका युवाहरूले आफूविरुद्ध नाराबाजी र व्यक्तिगत प्रतिशोध साँधेको वडाध्यक्ष कमल गिरीले बताए । उनीहरूले वडा कार्यालयदेखि राजमार्ग हुँदै नगरपालिका कार्यालयसम्म वडाध्यक्ष गिरीविरुद्ध नाराबाजी गर्दै राजीनामाको माग अघि सारेका छन् । 

वडाध्यक्ष गिरीले राहत वितरणमा कुनै पनि विभेद नभएको बताए । ‘राहतको मापदण्डभित्र पर्ने सबै समेटेका छौँ,’ उनले भने, ‘दिनुपर्नेलाई दिएकै छौँ, छुटाएका छैनौँ ।’ उनका अनुसार वडामा १२ सय आठ परिवारलाई सरसफाइका लागि साबुन वितरण गरिएको छ । १३ वादी समुदायका परिवारसहित तीन सय ४८ परिवारलाई राहत दिने लक्ष्य रहेको उनले बताए । ‘हामीले वडाका सबै घरघरमा पुगेर साबुन वितरण गरेका छौँ,’ उनले भने, ‘भाडामा बस्ने विद्यार्थी, अन्य स्थानीय एवं भारतीय नागरिकलाई समेत राहत दिन्छौँ ।’

राहत वितरणमा वडाबाट कुनै पनि त्रुटि नहुने उनले बताए । स्थानीय गोकुलदेव अवस्थीले वडाबाट राहत वितरणमा सुनुवाइ नभएपछि बाध्य भएर नगरपालिकाको कार्यालय गएको बताए । वडाबाट ज-जसको राहतका लागि फारम भरियो, उनीहरूलाई राहतबाट वञ्चित गराएर हुनेखानेहरूलाई राहत वितरण गरेको उनको आरोप छ । ‘वडाबाट हामी नगरप्रमुख दिलबदादुर ऐरलाई भेट्न गएका हौँ,’ उनले भने, ‘मेयर सावले सबैलाई राहतमा समेट्ने वचन दिएकाले हामी उताबाट फर्किएर आयौँ ।’ 

तालाबन्दीको विषयमा स्थानीय प्रशासन, मेयर दिलबहादुर ऐर, वडाध्यक्ष कमल गिरीलगायतले छुटपुट र वास्तविक पीडितलाई राहत दिने बताएपछि केही घन्टापछि ताला खोलिएको थियो । तर, आन्दोलनरत पक्षका गोकुलदेव अवस्थीलगायतले प्रतिपक्षीविना ताला खोलिएको भन्दै आपत्ति जनाएका थिए । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Government Relief
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments