Incident Reports

चितवनमा बिरामीको मृत्यु भएको भन्दै आफन्तद्वारा मेडिकल घेराउ

2020-04-27

Bagmati, Chitawan, Kalika, Ward 2

चितवन । पर्वी चितवनको कालिका–२, स्थित प्रकाश मेडिकलमा बिरामीको मृत्यु भएको भन्दै आफन्तहरुले मेडिकल घेराउ गरेका छन् । आज बिहान पेट दुखेर मेडिकल पुगेकी २५ बर्षिय निरमाया थिङको सोही मेडिकलमा मृत्यु भएको निरमायाका श्रीमान भिम मोक्तानले बताउनुभयो । मेडिकलमा उपचारमा tभएको र उनको थप उपचारको लागि मेडिकलले भरतपुर पठाए पनि पुरानो मेडिकलमा पुग्दा श्रीमतीको मृत्यु भइसकेको मोक्तानले बताउनुभयो । पर्सा जिल्लाको ठोरी–५, सुबर्णपुर घर भएका उनीहरु हाल कालिका–१, लंकालाइनमा भाडामा बस्दै आएका थिए । मेडिकल सञ्चालक प्रकाश रिजालले बिरामीको पेट दुखेकोले दुखाई कम गराउने डिक्लोफेनिक र ग्यास्टिकको सुक्राफिल औषधी दिई भरतपुर पठाइएको बताउनुभयो । मेडिकल सञ्चालक रिजाललाई सोधपुछका लागि ईलाका प्रहरी कार्यालय टाँँडी लगिएको प्रहरीले जनाएको छ । अहिले मृतकको शब सरकारी अस्पतालमा पोस्टमाटमको लागि राखिएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments