Incident Reports

भरुवा बन्दुक सहित पक्राउ तथा बरामद

2020-04-29

Lumbini, Kapilbastu, Banganga, Ward 8

 काठमाडौं, १५ वैशाख   कपिलवस्तु, वाणगंगा नगरपालिका-८ मोर्मी बस्ने दुर्गा रेग्मीको गोठबाट भरुवा बन्दुक २ थान आइतबार दिउँसो प्रहरीले बरामद गरेको  छ । उक्त गोठमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो ।  हाल सम्पर्क विहिन रेग्मीको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments