Incident Reports

राहत वितरणका क्रममा वडाध्यक्षमाथि कुटपिट

2020-04-29

Sudurpashchim, Doti, K I Singh, Ward 4

डोटी — राहत वितरणका क्रममा वडाध्यक्षमाथि निर्घात कुटपिट भएको छ । केआईसिंह गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष जयबहादुर धामीमाथि कुटपिट भएको हो । कुटपिटबाट बेहोस भएका वडाध्यक्ष धामीलाई उपचारका लागि दिपायल लगिएको छ ।

कुटपिटमा संलग्‍न ४ मध्य केआईसिंह ४ लेककोटका लाल नेपाली, सोही वडाको कार्कीबगरका लोक कार्की र मोहन कार्कीलाई प्रहरीले पक्राउ गरेको दुर्गामाण्डौ प्रहरीचौकी इन्चार्ज भाष्करराज पन्तले जानकारी दिए । पन्तले कुटपिटमा संलग्न व्यक्तिलाई कानुन अनुसार कारबाही अघि बढाइने बताए । धरपकटका क्रममा प्रहरीमाथि समेत आक्रमण भएको थियो । वडा नं. ४ मा मंगलबारबाट राहत वितरण भइरहेको छ । ‘बिहानैदेखि भोकभोकै राहत वितरणमा खटिएको थिए, नाम छुटेकालाई चिन्ता नगर्नुस घरखेत बेचेर भएपनि दिउँला भनिरहेकै थिएँ’, घाइते भएका वडाध्यक्ष धामीले भने, ‘केही परिवारलाई उक्साएर राहत पाउनु पर्छ भन्दै ममाथि आक्रमण भयो ।’ उनले आफ्नो हर्नियाको शल्यकृया भएकाले पेटमा चोट लागेपछि बेहोस भएको बताए । राहतका लागि ल्याइएको खाद्यान्न राख्‍ने भण्डारमा उनीहरुले जबरजस्ती ताला लगाउन खोजेपछि वडाध्यक्ष र प्रहरीले रोक्न खोज्दा चार जनाको समूहले आक्रमण गरेका थिए । कुटपिटमा संलग्न नेकपाका कार्यकर्ता रहेको गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले आरोप लगाए । उनले हतारमा तथ्यांक संकलन भएकाले छुटेका विपन्‍न परिवारलाई दोस्रो चरणमा राहत दिने सार्वजनिक रुपमा जानकारी दिँदा दिँदै पनि हातपातमा गर्नु भनेको दण्डनीय कार्य भएको बताए । प्रकाशित : वैशाख १७, २०७७ १५:३८

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Government Relief
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments