Incident Reports

चितवनमा कोरोना अस्पतालको समाचार लेख्ने पत्रकारलाई धम्की

2020-04-30

Bagmati, Chitawan, Bharatpur

१७ वैशाख, काठमाडौं । भरतपुरको कोरोना विशेष अस्पतालमा भएको अनियमितताबारे समाचार लेखेको भन्दै अनलाइनखबर डटकमका चितवन संवाददाता सुवास पण्डितसहितका पत्रकारलाई धम्की आएको छ ।

अस्पतालका विषयमा प्रकाशित/प्रसारित समाचार र लेख्ने पत्रकारलाई लक्षित गरी अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनलगायतले विज्ञप्ति नै निकालेर समाचार लेख्ने व्यक्तिहरुको पहिचान गरी आफैंले आवश्यक कारबाही गर्ने चेतावनी दिएको हो ।

भरतपुरको कोरोना विशेष (अस्थायी) अस्पतालमा सामान कर्मचारीले नै चोरेर लगेको विषयमा अनलाइनखबरले समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएपछि स्वास्थ्यकर्मीको संगठनले विज्ञप्ति निकालेर धम्की दिएको हो ।

पत्रकारलाई दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघ चितवन शाखा र नेपाल प्रेस संगठन चितवन शाखाले विरोध जनाएको छ । महासंघले प्रकाशित समाचारप्रति गुनासो भए कानुनी उपचारका लागि मार्ग प्रशस्त हुँदाहुँदै पत्रकारलाई धम्की दिनु आपत्तिजनक भएको बताएको छ ।

धम्की दिने व्यक्तिको पहिचान गरी कारबाहीको दायरामा ल्याउन, घटनामा संलग्नमाथि कारबाही गर्न र पत्रकारको सुरक्षमा संवेदनशील बन्न महासंघले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।

प्रेस संगठनले विषम परिस्थितिमा नागरिकलाई सुसूचित गराउने कर्म गरिरहेका पत्रकारलाई धम्की दिनु तथा दुब्र्यवहार गर्नु आपत्तिजनक भएको बताएको छ । पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न पनि संगठनले माग गरेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments