Incident Reports

बाह्रखरीकर्मी केशव जोशीमाथि प्रहरी दुर्व्यवहार

2020-05-01

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं । प्रहरीले नयाँ बानेश्वरमा बाह्रखरीकर्मी केशव जोशीमाथी दुर्व्यवहार गरेको छ । नयाँ बानेश्वरमा लकडाउनको अवस्थाबारेको भिडियो खिचिरहेको बेला ट्राफिक प्रहरीले दुर्व्यवहार गरेको हो । 

ट्राफिक प्रहरी शम्भु श्रेष्ठले सूचना विभागले जारी गरेको प्रेस पास देखाउँदा पनि भिडियो खिच्ने नपाइने भन्दै दुर्व्यवहार गरेका थिए । उनले परिचयपत्र नै खोसेका थिए । भिडियो खिच्दा आफूसँग सोध्नुपर्ने ट्राफिक प्रहरीले खिच्न नपाउने बताएका थिए । महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालले सञ्चारकर्मीमाथी दुर्व्यवहार गर्नेलाई कारवाही गरिने बताए । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Program Interference/Obstruction
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments