Incident Reports

राहतका विषयमा झडप: ब्याटले हानेपछि फुट्यो असईको टाउको

2020-04-24

Lumbini, Nawalparasi West, Ramgram, Ward 17

नवलपरासी । राहत वितरणका विषयमा स्थानीयबीच विवाद हुँदा प्रहरी सहायक निरीक्षक (असई) घाइते भएका छन् । रामग्राम नगरपालिका–१७ देवगाँवमा राहत वितरणका विषयमा विवाद हुँदा असई चामबहादुर ओलीको टाउकोमा चोट लागेको हो ।बुधबारदेखि नगरपालिकाले राहत वितरण गरेको थियो । शुक्रबार स्थानीयले सबैलाई राहत सामाग्री नपुगेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका थिए । हुनेखानेले नै राहत पाएकाे र वास्तविक विपन्नले राहत नपाएकाे भन्दै स्थानीयले आक्रोश व्यक्त गरिरहेका थिए । 

ताला खोल्न भनि वडा कार्यालय पुगेका प्रहरीमाथि स्थानीयको समुहले नै आक्रमण गरेको बताइएको छ । ओलीमाथि क्रिकेटको ब्याट प्रहार भएको प्रहरीले जानकारी दिएकाे छ ।  प्रहरीमाथि आक्रमण गरी घाइते बनाउने एक महिलासहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons Blunt weapon
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Government Relief
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments