Incident Reports

नेपालगन्जको त्रिवेणीमोडमा प्रहरी र स्थानीयबीच झडप

2020-05-05

Lumbini, Banke, Nepalgunj

नेपालगन्ज- नेपालगन्जको त्रिवेणी मोडमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । लकडाउन उल्लंघन गरेका स्थानीयको भिडलाई हटाउन खोज्दा झडप भएको हो ।

सो क्रममा प्रहरीले केही ब्यक्तिलाई लाठीले हानेपछि स्थानीय बासिन्दाले ढुंगा, मुढा गरेको प्रत्यक्षदर्शीले जानकारी दिए । ‘निषेधाज्ञा लागु नहुदै केही ब्यक्ति सामान किन्नको लागि बजारमा निस्केका थिए, त्यहीबेला पुलिसको गाडी आयो, त्यतिकैमा प्रहरीसँग विवाद भयो र झडप भयो,’ एक प्रत्यक्षदर्शीले भने । सो क्रममा आक्रोशित भएका स्थानीयले प्रहरीको सवारी साधनमा समेत तोडफोड गरिदिएका छन् ।

स्थानीय प्रशासनले मंगलबार बिहान ११ बजेबाट लागु हुने गरी तिन दिनसम्मका लागि निषेधाज्ञा लागु गरेको छ । निषेधाज्ञाबारे नगरबासीलाई जानकारी दिन प्रहरीले बिहानैदेखी माइकिङ गरिरहेको थियो । माइकिङ गर्दै त्रिवेणीमोड पुगेको प्रहरीले केही स्थानीयको भिड लागेको देखेपछि सम्झाउन खोज्दा झडप भएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) बीरबहादुर ओलीले माइकिङ गर्दै हिडेको प्रहरीको गाडीमा एक्कासी स्थानीयले ढुंगा, मुढा गरेको बताएका छन् । सो क्रममा प्रहरीले एक स्थानीयलाई नियन्त्रणमा पनि लिएको बताइएको छ । झडपका क्रममा केही प्रहरी र स्थानीय बासिन्दा सामान्य घाईते भएका छन् । अहिले सो क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments