Incident Reports

कास्कीमा पत्रकारलाई दुर्व्यवहार गरेकोप्रति महासंघको आपत्ति

2020-05-06

नेपाल पत्रकार महासङ्घ कास्कीले आवरअल न्यूज डटकमका सम्पादक प्रेम नेपालीलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै दुःख व्यक्त गरेको छ । महासंघ कास्कीका सभापति दीपेन्द्र श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै समाचार सङ्कलनका क्रममा जिल्ला प्रशासन कार्यालय कास्कीको प्रवेशद्वार अघि पत्रकार नेपालीलाई दुर्व्यवहार गरिएको भन्दै खेद व्यक्त गरेको हो । बाटुलेचौरमा भएको जातीय विभेदको घटनालाई लिएर पीडकलाई पक्राउ नगरेको भन्दै जम्मा भएका पीडित पक्ष, कानूनी व्यवसायी र जनप्रतिनिधिका बारेमा समाचार संकलन गर्ने क्रममा भिडियो खिँच्दै गर्दा नखिँच्न भन्दै क्यामेरा खोस्ने प्रयास गरिएको विज्ञप्तिमा उल्लेख छ ।कोरोना सङ्क्रमणको महामारीका बेला अग्रमोर्चामा रहेर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारमाथि गरिने यस्ता दुर्व्यवहार आगामी दिनमा नदोहोरियोस् भन्दै विज्ञप्तिमा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति र पत्रकारको भौतिक सुरक्षाप्रति संवेदनशील बन्न प्रहरी प्रशासनसहित सम्पूर्ण सरोकारवालासँग अनुरोध गरिएको छ । - रासस 

  

 

 

 

 


  

  

  

  


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments