Incident Reports

नारायणी अस्पतालमा सबै सेवा सुचारु गर्न माग गर्दै घर–घरमा धर्ना

2020-05-02

Madhes, Parsa, Birgunj

वीरगञ्ज– कोरोना विशेष अस्पतालमा रुपान्तरण गरिएको वीरगञ्जको नारायणी अस्पतालमा अन्य उपचार सेवा पनि सुचारु गर्न विभिन्न राजनीतिक दल तथा सामाजिक अभियन्ताहरुले माग गरेका छन्। 

गरिब तथा विपन्न जनताहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने माग राख्दै चार दिनदेखि स्थानीय तथा राजनितिक दलका नेता कार्यकर्ताहरु बिहान ११ बजेदेखि १२ बजेसम्म आफ्नै घरको गेटमा धर्नामा बस्दै आएका छन्। 

चार दिनदेखि आफूसहित जिल्लाका अन्य नेता कार्यकर्ता तथा समाजिक अभियान्ताहरु आफ्नै घरमा एक घण्टा धर्नामा बस्दै आएको जनता समाजवादी पार्टीका नेता ओमप्रकाश सर्राफले बताए। 

उनले नारायणी अस्पतालमा कोरोना बाहेक अन्य बिरामीहरुको उपचार नहुँदा सर्वसाधारणहरुले स्वास्थ्य सेवा पाउन नसकेको हुँदा आफूहरुले अन्य सेवा सुचारु गर्न माग गरेको बताए। 

‘आर्थिक अवस्था कमजोर भएकाहरुले उपचार गराउने अस्पताल नारायणी हो। त्यहाँ अहिले यस्ता बिरामीहरुले उपचार पाउन सकेका छैनन्’, सर्राफले भने, ‘नारायणी अस्पताललाई फेरि जेनरल अस्पताल बनाई त्यहाँ उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवा दिनु पर्‍यो।’ 

नारायणी अस्पतालका बिरामीहरुलाई वीरगञ्जमै रहेको नेशनल मेडिकल कलेजमा स्थानान्तरण गरिएको छ। तर त्यहाँ पनि सरकारले तोके अनुसारको स्वास्थ्य सेवा पाउन नसकेको बिरामीहरुको गुनासो छ। 

यसअघि नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले पनि नारायणी अस्पताललाई पुनः जेनरल अस्पताल बनाउनु पर्ने माग राखेका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments