2020-05-06
Province 1, Morang, Biratnagar, Ward 15
२४ वैशाख, विराटनगर । राहत माग्दै विराटनगर– १५ का स्थानीयबासीले आन्दोलन गरेका छन् । लकडाउनका कारण छाक टार्न समस्या परेको भन्दै उनीहरुले आन्दोलन गरेका हुन ।
महानगरपालिकाले पहिलो चरणमा १२ किलो चामल, तेल आलु राहतको रुपमा वितरण गरेको थियो । तर राहत सकिएपनि दोस्रो चरणको राहत नदिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनमा उत्रिएका स्थानीयले बुधबार सीमावर्ती क्षेत्र रानीमा एकीकृत भन्सार जाँच चौकी जाने बाटो अवरोध गरेका थिए । स्थानीयको अवरोधका कारण मालबहाक सवारी आवागमन अवरुद्ध भएको थियो ।
बुधबार राहत माग गर्दै विराटनगर महानगरपालिका १५ का स्थानीयले महानगरपालिकाको कार्यालय घेराउ गर्न आएका थिए । तर महानगरपालिकाले तत्काल राहत वितरण गर्न नसक्ने बताएपछि स्थानीयले चक्काजाम गरेका हुन् । काम गर्न पनि नपाएको र थप राहत पनि नपाएका कारण आन्दोलन गर्नुपरेको स्थानीय रुस्तम पोखरेलले बताए । स्थानीय राजु सुब्बाले भने, ‘महानगरले कि त काम गर्ने वातावरण बनाउनु पर्छ, कि त राहत उपलब्ध गराउनु पर्छ । महागरले १० किलो जति चामल दियो, ८ जनाको परिवारलाई कति दिन पुग्छ ? म सफारी कुदाउँछु, कि मलाई काम गर्न देऊ होइन भने राहत देऊ ।’
यता विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली २६ गते छलफल गरी राहत वितरण गर्न लागेको बताउँछन् । पहिलो चरणमा २६ हजार परिवारलाई राहत वितरण गरेको थियो ।
२६ गते विपद् समितिको बैठकपछि दोस्रो चरणको राहत वितरण सुरु गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon) |
Secondary Cause | Government Relief |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD