Incident Reports

बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद

2020-05-08

Lumbini, Banke, Kohalpur, Ward 7

बाँके, २५ वैशाख   कोहलपुर नगरपालिका-७ स्थित मितेरी सामुदायिक लखनबार वनमा बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।कोहलपुर नगरपालिका-७ बस्ने ३१ वर्षीय ठाकुर सिंह चौधरी सहित ४ जना व्यक्तिहरु उक्त वनमा बुधबार राति घर छाउने लठ्ठी काट्न गएको अवस्थामा बन्दुक पड्किएर चौधरी घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले घटनास्थलबाट उक्त बन्दुक बरामद गरेको हो । घाइते चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments