Incident Reports

दाङमा प्रहरीले व्यवसायीमाथि कुटपिट गरेको भन्दै अत्यावश्यक पसलहरु बन्द

2020-05-09

Lumbini, Dang, Tulsipur

दाङ - प्रहरीले व्यवसायीमाथि कुटपिट गरेको भन्दै त्यसको विरोधमा तुलसीपुरका अत्यावश्यक सामान उपलब्ध गराउने पसलहरु शनिबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

पालिका र प्रहरी प्रशासनसँगको समन्वयमा खोलिएका पसलहरुमा आएर प्रहरीले जथाभावी लाठी प्रहार गरेको भन्दै तुलसीपुरका व्यापारीहरुले अनिश्चितकालका लागि सबै व्यापार व्यवसाय, उद्योग कलकारखाना वन्द गर्ने निर्णय गरेका हुन ।

शुक्रबार तुलसीपुर उद्योग वाणिज्य संघमा भएको छलफलपछि व्यवसायीहरुले प्रहरीले कृष्ण बहादुर पुन, कालु जैसीलगायतको पसल भित्रै गएर व्यवसायीलाई कुटपिट गरेको घटनाको विरोध गर्दै पसल बन्द गर्ने निर्णय गरेका हुन् ।

लकडाउनको समयमा पनि अति आवश्यक खाद्यान्नका पसलहरु विहान ९ बजेसम्म खोल्ने निर्णय अनुसार पसल खुल्दै आएका थिए । 

अत्यावश्यक सामान भएका पसल खुल्ने सहमति भए पनि प्रहरीले दमन गर्न नछाडेको भन्दै उद्योग वाणिज्य संघ तुलसीपुरले व्यवसायीहरुको सुरक्षालाई मध्यनजर गर्दै व्यापार व्यवसाय बन्द गर्नु परेको जनाएको छ ।

संघले खाना पकाउने ग्याँस लगायतका अति आवश्यक वस्तुहरु समेत सरल रुपमा बिक्री वितरण र आवत जावतमा अवरोध पुर्याएको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरको ध्यानाकर्षण गराएको छ ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments