Incident Reports

अलपत्र परेकालाई स्वदेश ल्याउन माग गर्दै सांसदहरुको धर्ना

2020-05-09

कैलाली, २७ बैशाख । सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले सिमानामा अलपत्र परेका नेपालीलाई फर्काउने वातावरण बनाउ प्रदेश सरकारसँग माग गरेको छ ।

 कांग्रेसले विभिन्न माग राख्दै शनिबार मुख्यमन्त्री कार्यालयमा धर्ना दिएको हो ।

प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलको नेतृत्वको कांग्रेस प्रदेशसभा सदस्यले अलपत्र नेपालीलाई नेपाल ल्याउनुपर्ने, लिपुलेकमा भारतीय पक्षले एकलौटी तरिकाले सडक बनाउन रोक्नुपर्ने लगायतका माग राखेका हुन् ।

 उनीहरुले कोरोनाको परीक्षण राम्रोसँग जाँच गर्नुपर्नेलगायतका माग राख्दै मुख्यमन्त्री कार्यालयको मूल गेटमा दबाब दिन धर्ना दिइएको बताए ।  

सुदूरपश्चिमसँग सीमा जोडिएका भारतको उत्तराखण्ड र उत्तरप्रदेशका विभिन्न स्थानमा दुःख पाइरहेकाले उनीहरुलाई नेपालमै ल्याएर क्वारेन्टाइनमा राखेर जाँच गर्नु पर्नै कांग्रेस संसदीय दलको माग छ ।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) State-level authorities for (yet to be formed) provinces
Actor 2 - Youth na
National/Online Media

0 Comments