Incident Reports

प्रहरीले हातपात गरेपछि तरकारी फालेर विरोधमा उत्रिए व्यवसायी

2020-05-10

Province 1, Jhapa, Bhadrapur

बैशाख २८, २०७७ भद्रपुर : भद्रपुरका तरकारी व्यवसायी आन्दोलित बनेका छन्। वडा प्रहरी कार्यालय भद्रपुर र भद्रपुर नगरपालिकाका नगर प्रहरीले तरकारी व्यवसायीमाथि हातपात गर्दै नियन्त्रणमा लिएको विरोधमा उनीहरूआन्दोलनमै उत्रिएका हुन्। व्यवसायीले दुई दिनदेखि नगर क्षेत्रमा तरकारी बेचबिखन बन्द गरेका छन्। लकडाउनमै तरकारी व्यवसायी आन्दोलित बनेपछि उपभोक्ता थप मारमा परेका छन्। प्रहरी दमनविरुद्ध उचित न्यायका लागि व्यवसायीहरूले आइतबार झापा उद्योग वाणिज्य संघसमक्ष तरकारी पसलका साँचो बुझाएका छन्। साथै उनीहरू प्रहरीविरुद्ध नाराबाजी लगाउँदै बेच्न नपाएर कुहिएको तरकारी तथा सागसब्जी भद्रपुर नगरपालिकाको गेट अगाडि फालेर विरोधसमेत जनाएका छन्। तरकारी व्यवसायी सन्तोष यादव र सुशील यादवको नेतृत्वमा गएका दुई दर्जन व्यवसायीहरूले झापा उद्योग वाणिज्य संघ भद्रपुर कार्यालय परिसरमा भेला भई प्रहरी दमनविरुद्ध न्याय माग्दै नाराबाजी गरेका थिए। त्यसपश्चात् उनीहरूले संघका अध्यक्ष नवराज पनेरुलाई साँचो बुझाएका थिए।

घटना विवरण अनुसार जिल्ला समन्वय समिति भद्रपुरमा शुक्रबार दिउँसो कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाको सर्वपक्षीय बैठकले जिल्लामा लकडाउन खुकुलो बनाउँदै जाने भन्दै बिहान ८ बजेदेखि १२ बजेसम्म पसल खोल्न पाउने भनी निर्णय गरेका थिए। सोही निर्णयबमोजिम भद्रपुर बजारमा तरकारी व्यवसायीहरूले पसल थापेर कारोबार गर्न थाले। भद्रपुर बजारमा हाटबजार लाग्ने टहरा तथा सटर नहुँदा यहाँका व्यवसायी सडक पेटीमै बसेर वर्षौँदेखि तरकारी बेच्दै आइरहेका छन्। त्यही अनुसार उनीहरू पसल थापेका थिए। हाटबजार लगाउन खोजिएको भन्दै वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक डम्बर पुरी, नगर प्रहरीसहित गएको प्रहरी टोलीले व्यवसायीसँग सहकार्य र समन्वय नगरी पसल बन्द गराउँदै हातपात गरेको व्यवसायीहरूले आरोप लगाएका छन्। साथै प्रहरी निरीक्षक पुरीले पसलका ढक तराजुसहित केही व्यवसायीलाई नियन्त्रणमा लिएर गएको व्यवसायी सुशील यादवले आक्रोश पोखे। ‘भद्रपुर बजारमा अधिकांश तरकारी पसल सडकमै लाग्छ, हामीहरू पनि वर्षोदेखि सडक पेटीमै पसल लगाउँदै आइरहेका छौ,’ व्यवसायी सन्तोष यादवले भने, 'जिल्लामा निर्णय भएपछि नै पसल थापेका हौं, तर प्रहरी निरीक्षक पुरीसहित आएको प्रहरी टोलीले सहकार्य र समन्वय गर्नु साटो उल्टै ठूलै अपराध गरे भन्दै व्यवसायीमाथि हातपात गरेको छ। यो कहाँको न्याय हो ? त्यसैले प्रहरीको दमनविरुद्ध तरकारी व्यवसायी आन्दोलित बनेको हो। हामीले न्याय नपाएसम्म तरकारी बेच्दैनौँ।’ संकटकाे अवस्थामा सामाजिक दूरी कायम गरी अतिआवश्यक व्यवसाय सञ्चालन गर्न पाउन भनी सरकारले नै निर्णय गरिसकेको बताउँदै यादवले भने, ‘हामीलाई नगरपालिकाले त्यो व्यवस्थापन किन नगरिदिएको हो, के नगरपालिकाले स्थानीय प्रहरीसँग समन्वय गरेर हामीलाई व्यवसाय सञ्चालन गर्न उचित वातावरण बनाइदिन सक्दैनन् ?’ यता वडाका प्रहरी निरीक्षक पुरीले भने, भद्रपुरमा हाटबजार लगाउन खोजिएको भन्दै पसल बन्द गर्न लगाएका हौं, व्यवसायीमाथि हातपात गरेका छैनौं।’ तरकारी व्यवसायी आन्दोलित बनेपछि झापा उद्योग वाणिज्य संघकाे गम्भीर ध्यानाकर्षण भएको संघका अध्यक्ष नवराज पनेरुले बताए। यसको निकास स्थानीय सरकारले दिनुपर्ने बताए, ‘भद्रपुरमा व्यवस्थित हाटबजार छैन, हाटबजार सडकमै लाग्ने गरेको छ। व्यवसायीहरूमाथि प्रहरीले हातपात गर्नु हुँदैन थियो। बरु व्यवसायीलाई कसरी कारोबार गर्न भनी प्रहरीले सहकार्य गरी सम्झाउनुपर्थ्यो।’ स्थानीय सरकारले आन्दोलित बनेका व्यवसायीको पक्षमा केही नगरेमा संघले जिल्ला तहदेखि केन्द्रसम्म यसबारे लिखित रूपमै ध्यानाकर्षण गराउने उनले बताए। त्यस्तै नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेलले प्रहरीले व्यवसायीमाथि हातपात गर्नु उचित नभएको भन्दै यसको निकास स्थानीय सरकारले दिनुपर्ने बताए। राप्रपाका नगर अध्यक्ष राधा कार्कीले संकटको बेला व्यवसायीसँग सहकार्य गरेर जनप्रतिनिधि र प्रहरीले निकास दिनुपर्नेमा उल्टै दमन गर्नु न्यायसंगत नभएको बताइन्।

Read more at: http://thahakhabar.com/news/97698

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments