Incident Reports

महँगोमा सामान बिक्री गरेपछि गोदाम सिल, अनुगमन टोलीमाथि आक्रमण प्रयास

2020-05-11

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ — म्याद नाघेका र बढी मूल्यमा सामान बिक्री गर्ने व्यापारीलाई कारबाही गर्न पुगेको बजार अनुगमन टोलीलाई नयाँ बजारका व्यवसायी र स्थानीयले अवरोध गरेका छन् । टीएन स्टोरले महँगोमा चिनी बेचेको, म्याद नाघेको सामान बिक्री गरेको र बिल बिजक जारी नगरेको पाइएपछि विभागका निरीक्षण अधिकृत दिपकराज पोखरेल नेतृत्वको अनुगमन टोलीले जरिवाना तोक्दा स्थानीयले आक्रमणको प्रयास गरेका हुन् ।

टोलीले दुई लाख जरिवाना तोकेको थियो ।‘गोदाम सिल गरेर फर्कंदा हामीलाई आक्रमणको प्रयाससमेत भयो,’ पोखरेलले भने । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, गुणस्तर तथा नापतौल विभाग र जिल्ला प्रशासन कार्यालयसहितको संयुक्त बजार अनुगमन टोलीलाई व्यापारीको समूहले केहीबेर घेराबन्दी गरेका थिए । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट थप प्रहरी टोली खटिएर स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत खड्गबहादुर श्रेष्ठले बताए । ‘पसलमा बढी मूल्यमा सामान बिक्री गरेको पाइएपछि गोदाम सिल गरेर फर्कंदा हामीलाई ढुङ्गा प्रहार गरे,’उनले भने । उनका अनुसार ५ जना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, गुणस्तर तथा नापतौल विभाग र जिल्ला प्रशासन कार्यालयसहितको संयुक्त बजार अनुगमन टोलीलाई व्यापारीको समूहले केहीबेर घेराबन्दी गरेका थिए । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट थप प्रहरी टोली खटिएर स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत खड्गबहादुर श्रेष्ठले बताए । ‘पसलमा बढी मूल्यमा सामान बिक्री गरेको पाइएपछि गोदाम सिल गरेर फर्कंदा हामीलाई ढुङ्गा प्रहार गरे,’उनले भने । उनका अनुसार ५ जना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Weapons Blunt weapon
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Secondary Cause Irregularities in Commodity Market
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth na
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments