Incident Reports

राहत माग्दै गाउँपालिकामा तालाबन्दी

2020-05-10

Madhes, Mahottari, Samsi

कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै सो को रोकथामका लागि नेपाल सरकारले लकडाउन गरेको ४८ औँ दिनसम्म आइपुग्दा पनि राहत नबाँडेको भन्दै सम्सी गाउँपालिकामा वैशाख २८ गते स्थानीयले तालाबन्दी गरेका छन् ।

गाउँपालिकाले दैनिक ज्यालादारी गर्ने मजदुर, गरीब तथा विपन्न परिवारलाई राहत नबाँडेको भनेर गाउँपालिका कार्यालयमा स्थानीयले दोस्रो पटक तालाबन्दी गरेका हुन् । स्थानीयले यसअघि वैशाख २३ गते पनि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।

वैशाख २४ गते गाउँपालिकाका अध्यक्ष शेष फारुखले पाँच दिनभित्र राहत बाँड्ने बताएपछि ताला खुलेको थियो ।

तालाबन्दी गर्न आएका स्थानीय गाउँपालिका परिरमा सुतिरहेका छन् । बालबालिकाहरू हातहातमा प्ले कार्ड बोकेर भोकै रहेको भनी सरकारसँग राहत मागिरहेका छन् ।

स्थानीय राजेशकुमार यादवका अनुसार साम्सी गाउँपालिकामा १ हजारभन्दा बढी घरधुरी राहत दिनै पर्ने अवस्थाका छन् ।








अजयकुमार साह

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Government Relief
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments