Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2020-05-13

Lumbini, Rukum East, Bhume, Ward 9

 रुकुम (पूर्व), ३० वैशाख    भूमे गाउँपालिका-९ चायाँचुङबाट सोही ठाउँस्थित पेदी बस्ने ४५ वर्षीय आसु पुनलाई भरुवा बन्दुक १ थान, बारुद ५ सय ग्राम र छर्रा सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चुनवाङबाट खटिएको प्रहरीले उक्त लोड भएको भरुवा बन्दुक बोकी जंगलतर्फ जाँदै गर्दा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिहरेको छ ।

0 Comments